मन्त्री अर्यालको निर्देशनपछी वैदेशिक रोजगार विभागमा विचौलिया निषेध

२५ असार ,काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको निर्देशन पछि  ताहचलस्थित वैदेशिक रोजगार विभाग प्रवेशमा कडाइ गरिएको छ। मन्त्री अर्यालले सोमबार विभागको आकस्मिक अनुगमन गरेका थिए । अनुगमनको क्रममा अनावश्यक व्यक्तिहरूको कार्यालयभित्र प्रवेश गरेको पाएका थिए । त्यसपछि मन्त्री अर्यालले विभागमा अनावश्यक व्यक्तिको प्रवेशमा कडाइ गर्न निर्देशन दिएका थिए।

विभागमा  अनावश्यक व्यक्तिहरू प्रवेश गर्दै सेवाग्राहीलाई अनेकन् प्रलोभन देखाउने गरेको पाइएपछि विभागले प्रवेशमा कडाइ गरेको हो ।विभागले आफ्नै कर्मचारीलाई समेत अनिवार्य रूपमा परिचयपत्र लगाउन निर्देशन दिएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले कर्मचारीहरूलाई कार्यालय समयभित्रमा परिचयपत्र अनिवार्य लगाउन निर्देशन दिएका हुन् ।

विभागले नवीकरण, दर्ता, दाखिला, खारेज, लगायतका कार्यहरूमा परिचयपत्र बाहक कर्मचारी, सञ्चालक तथा कानुनी सल्लाहकारको रूपमा नियुक्त कानुन व्यवसायी बाहेक अन्य व्यक्तिलाई विभागभित्र प्रवेश निषेध गरिएको हो । विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले अनावश्यक व्यक्तिहरू प्रवेश गरेर सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या सिर्जना गरेपछि कडाइ गरिएको बताए ।

विभागले आफ्ना कर्मचारीहरूलाई अनिवार्य रूपमा परिचयपत्र बोक्न निर्देशन दिएको छ । त्यस्तै कर्मचारी बाहेकका सेवाग्राही तथा सरोकारवाला निकायलाई समेत प्रवेशमा कडाइ गरिएको विभागले जनाएको छ ।

The post मन्त्री अर्यालको निर्देशनपछी वैदेशिक रोजगार विभागमा विचौलिया निषेध first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री