मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

२० मंसिर , काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले सञ्जयलीला भन्सालीको नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी’बाट यसैसाता उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर ओटीटी अवार्ड जितेकी छन् ।

अवार्ड समारोहपछि यो जितमा उनले सामाजिक संजालमार्फत खुसी व्यक्त गरेकी छन् । ‘नायिकाको रूपमा मेरो पुनरुत्थान नै हीरामण्डी हो भन्ने कुरा यो अवार्डले प्रमाणित गर्छ । मैले मेरो प्रदर्शन, मेरो लुक, मेरो उर्दू उच्चारण, मेरो शारीरिक भाषामा साँच्चै कडा मेहनत गरेको छु’ उनले भनेकी छन् । ऊनी  हीरामण्डीलाई नयाँ सुरुवातको रूपमा हेर्छिन् । भन्छिन्, ‘यो पुरस्कार मेरो पुनरुत्थानको प्रमाणीकरण हो । यसले म सही बाटोमा छु भनेर देखाउँछ । म हीरामण्डीको दोस्रो सिजनमा काम सुरु गर्न अधैर्य छु । मलाई लाग्छ म यस पटक राम्रो हुनेछु ।’

‘मेरो चरित्र मल्लिकाजन रहस्यमय थियो । विचलित तुल्याउन सजिलो थिएन । उनी दया र क्रूरतालाई सहन सक्षम छिन् । मेरो लागि यो चरित्र सिर्जना गर्नुभएकोमा सञ्जयलीला भन्सालीलाई धन्यवाद दिन चाहन्छु’ मनिषाले भनेकी छन् ।

Screenshot 20241205 110528 Instagram Lite 1 AMERICA KHABAR December 5, 2024

मनिषाले आफ्नो करियरको सबैभन्दा महत्वपूर्ण फिल्म र अभिनय भन्सालीसँग ‘खामोशी : द म्युजिकल’मा गरेकी थिइन् । यसअघिको एक अन्तर्वार्तामा उनले भनिन्, ‘खामोशीमा करियरको शुरुवातमा उनीसँग काम गरेकी थिएँ, उनले खामोशीमा सुन्दर संसार बनाए । हीरामण्डीको भव्यता धेरै छ । सञ्जयले खामोशीलाई आत्मीय बनाउन सक्छन् भने हीरामण्डीलाई किन नसक्ने ?’

The post मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री