मदिरा व्यवसायमा मार्जिन बढाउनु अत्यावश्यक भएको छ: अध्यक्ष शेर्पा

८ असार , काभ्रे  । नेपाल मदिरा व्यवसायी महासंघको १८औं वार्षिक साधारण सभा प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यमा काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ। महासंघका अध्यक्ष सोनाम शेर्पाको सभापतित्वमा शनिबार (८ असार )सम्पन्न साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष दिनेश श्रेष्ठ , नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डे लगायत देशभरिका मदिरा व्यवसायीहरुको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य गर्दै अर्थ समितिका सभापति सन्तोष चालिसेले मदिरा व्यवसायीहरूले राज्यलाई तिर्ने कर अनुसारको सहुलियत र सुविधा पनि राज्यले दिनुपर्ने बताए । हरेक वर्षको बजेटमा मदिरा र सुर्तीजन्य वस्तुको कर बढाउनु पनि अनुचित हुने उनले बताए । निर्माण , सेवा र व्यापार सबै क्षेत्र अस्तव्यस्त भएको र उच्च व्याजदरको कारण व्यवसाय गर्न कठिन भएको कारण सरकारले यी समस्याहरु समाधान गर्न ढिलो गर्न नहुनेमा उनको सभापति चालिसेको जोड रहेको थियो।

मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले विद्यमान कानुन व्यवसायीमैत्री नहुनुको साथै नियामक निकायहरु विशेष गरी राजस्व अनुसन्धान र आन्तरिक राजस्व विभागद्वारा व्यवसायीहरु माथी धरपकड तथा अमर्यादित व्यवहार हुने गरेकोमा असन्तुष्टि व्यक्त गरे। मदिरा व्यवसाय राज्यकै सबैभन्दा बढी कर तिर्ने क्षेत्र भएकाले त्यही अनुसारको । मदिरा व्यवसायमा अहिले रहेको १.५% मार्जिनबाट व्यवसाय चल्न नसक्ने हुनाले यसमा वृद्धि गर्न अत्यावश्यक भएको अध्यक्ष शेर्पाले बताए ।

कार्यक्रमको संचालन मदिरा व्यवसायी महासंघका महासचिव गोविन्द प्रसाद बरालले गरेका थिए।

The post मदिरा व्यवसायमा मार्जिन बढाउनु अत्यावश्यक भएको छ: अध्यक्ष शेर्पा first appeared on Khabar Breaking.

  • Related Posts

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही असोज २० गते बिहीबार ललितपुरको जावलाखेलस्थित  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा कम्पनीकी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा कम्पनीको साधारण सभा…

    Read more

    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    २२ असोज ,काठमाडौं । शेयर बजारको  नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) ले गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवा दिने गरि लाइसेन्स थप गरेको छ। गरिमा क्यापिटल तथा…

    Read more

    Leave a Reply

    You Missed

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान

    • By
    • October 8, 2024
    • 0 views

    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    • By
    • October 8, 2024
    • 0 views
    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    • By
    • October 8, 2024
    • 2 views

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    • By
    • October 7, 2024
    • 11 views

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    • By
    • October 7, 2024
    • 11 views

    आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

    • By
    • October 7, 2024
    • 14 views