मंगलबार एक सय ४५ अंकले घट्यो नेप्से, २३ अर्ब ७१ करोडको कारोबार

२३ साउन ,काठमाडौँ । मंगलबार सेयर बजार हालसम्मकै सबैभन्दा बढी अर्थात् एक सय ४५ अंकले घट्यो। एकै दिन यति ठूलो अंकले सेयर परिसूचक नेप्से घटेको यो हालसम्मकै पहिलो भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

यसअघि ०७७ मंसिर २१ आइतबार एकै दिन नेप्से एक सय २३.३५ अंकले घटेको थियो । सोमबार करिब ४१ अंकले बढेर दुई हजार सात सय ९६ अंकमा बन्द भएको नेप्से परिसूचक मंगलबार एक सय ४५.०५ अंक अथवा ५.१८ प्रतिशत घटेर दुई हजार छ सय ५१.३२ अंकमा ओर्लेको छ ।

अर्कोतर्फ सबैभन्दा बढी कारोबार अर्थात् २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको किनबेच भयो । कारोबार सुरु भएदेखि नै खरिदको तुलनामा बिक्री चाप बढी भएपछि उच्च अंकले गिरावट आएको छ । नेपाली सेयर बजारमा मंगलबार एकै दिन दुईवटा नयाँ रेकर्ड कायम भएको छ ।

मंगलबार सेयर बजारको गिरावटलाई फरक–फरक विश्लेषण गरिएको छ । कसैले छोटो समयमा करिब सात सय अंक बजार बढिसकेकाले अहिले ‘करेक्सन’ (लामो वृद्धि वा गिरावटपछि सेयर बजारले लिने विपरीत दिशा) भएको भन्दै आएका छन् भने केहीले सरकारबाट हस्तक्षेप हुन सक्ने आशंका पनि गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सेयर बजार अस्वाभाविक रूपमा बढिरहेको र सरकारले त्यसलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका थिए । सदनमा सांसदहरूको दबाब बढ्दै गएमा सरकारले सेयर बजारलाई हस्तक्षेप गर्न सक्ने अनुमान पनि लगानीकर्ताहरूले गर्न थालेका छन् ।

सोमबारको बैठकमा सेयर बजारमा अस्वाभाविक कारोबार देखिएको भन्दै पूर्वअर्थमन्त्री प्रकाशशरण महत र सांसद अमरेश कुमार सिंहले प्रश्न गरेका थिए।

मंगलबार कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय ३३ कम्पनीको घट्यो र बाँकी एक कम्पनीको स्थिर रह्यो

The post मंगलबार एक सय ४५ अंकले घट्यो नेप्से, २३ अर्ब ७१ करोडको कारोबार first appeared on Khabar Breaking.

  • Related Posts

    आज सुनको मूल्य घट्यो

    २३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २०० रुपैयाँले घटेको…

    Read more

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    Leave a Reply

    You Missed

    आज सुनको मूल्य घट्यो

    • By
    • September 8, 2024
    • 0 views

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 8 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 8 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 2 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि