भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

२१ मंसिर , काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज बिहान काठमाडौं आइपुगेका छन् । निजी भ्रमणको सिलसिलामा यहाँ आएका उनले काठमाडौंमा  स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र पूजा गरेका छन् ।

आजै विहान नेपाल आइपुगेका नरेशललाई बौद्धनाथमा भिक्षू र स्थानीयले स्वागत गरेका थिए ।

यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए ।

करिब आधा घण्टा त्यहाँ रहेको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरे ।

भुटानका राजा वाङचुक आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन् । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

The post भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री