भड्किलो तीज, अश्लिल गीत, कता जाँदैछ हाम्रो संस्कृति, सभ्यता र संस्कार ?

आरपी गैरे,
१४ भदौं, काठमाडौं । हाम्रो नेपाली समाजमा तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो पर्व नेपाल भरी मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ । र हाल संसारका जुन सुकै ठाउँमा रहेका नेपाली महिलाहरुले पनि मनाउँदै आएका छन । यो एक पौराणिक काल देखि चलि आएको परम्परा हो । यसपालीको तीज पनि नजिकिदै छ , अब तीज आउन धेरै दिन बाँकी छैन । तीज आउनु अघि नै हाम्रा दिदी बहिनीहरु माइतीघर, साथी भाइ, इष्टमित्र, आफन्तकोमा गएर दर खाने र तीजका गीत गाएर नाच्न सुरु गरिसकेका छन । त्यति मात्र होइन, दर खाने नाममा पार्टी प्यालेसमा जम्मा भएर परम्परालाई लत्याउदै भड्किलो र खर्चिलो पर्व मनाउँदै तीजको नाममा बिकृति भित्रायाउदै छन नेपाली महिलाहरु । पछिल्लो समयमा आएर यस्ता बिकृतिहरु मौलाउदै जानु समाजका लागी राम्रो होइन ।

अहिले आएर त्यही सिको गदैं गाउँ घर तिर पनि तीज पर्व भडकिलो र उत्ताउलो बन्दै गएको देखिन्छ । तीजको नाममा हाम्रो समाजमा यति बेला राम्रा राम्रा र अलि महंगा साडी, चुरा र गहना लगाउन दिदी बहिनीहरुमा होडजाजी नै चलेको देखिन्छ । यसले निम्न स्तरका समाजमा गिजाइरहेको हुन्छ । समाजमा हरेक बर्गका मान्छेहरु बसोवास गरेका हुन्छन । समाजमा कोही सम्पन्न, निम्न बर्ग र सामान्य गरिव बर्ग बसेका हुन्छन । धनी मान्छेको रवाफ र भडकिलो आउ भाउ र उठवस गरिव बर्गलाई पिरलिरहेको हुन्छ । त्यसैले गरिव र धनी बीच भिन्नता देखाएको हुन्छ । आज देशको आर्थिक अबस्था पनि त्यति राम्रो छैन । शहर बजारका पसलहरु सुन सान छन । पहिला जस्तो बाक्लो भिडभाड नभएको देखिन्छ । हुन त चाड पर्व मनाउनुको नाममा त्यति भडकिलो बनाइनु राम्रो मानिदैन ।

बिगतमा कहिले काही बियरको बोत्तल र वाइन पिउदै हाम्रा दिदी बहिनीहरु नाच्ने र गाउँने गरेका दृष्यहरु पनि नदेखिएका होइनन् । यस पाली त्यस्ता दृष्यहरु देख्न नपरोस् भन्ने हो । तर यसपाली पनि गत बर्ष झै त्यस्ता तीज गीत र दृश्यहरु दोहोरिनु दुखद पक्ष हो । एक दुई महिना अघि देखि तीजका गीतहरु बजारमा सार्वजनिक भएका छन र अझै केही सार्वजनिक हुदै होलान । बजारमा आएका केही गीतहरु राम्रा र सन्देश मूलक पनि छन । तर केही तीजका गीतहरु अघिल्लो बर्ष जस्तै यस बर्ष पनि बुवा, आमा संग संगै बसेर हेर्न र सुन्न नसकिने खालका आएका छन । बिकृति र बिसंगती निम्त्याउने खालका गीतमा सरकार र सरोकारवाला निकायहरुले अनुसन्धान गरी त्यस्ता गीत सार्वजनिक गर्नेहरुलाई कानुन अनुसार कारवाही गर्नु पर्ने आबश्यकता देखिदै आएको छ । यो बिकृति केहि बर्ष अघि देखि मौलाउँदै आएको हो ।

मौलिकपन र परम्परागत रीतिरिवाजमा सून्यता छाएको आभास हुन थालेको छ । आज भोली युट्युवमा राखिएका गीतहरु बजाउने र त्यसैमा रमाउँदै नाच्ने चलन हवात्तै बढेर गएको छ । प्रत्यक्ष दिदी, बहिनीहरुले आफैले गाउँने र नाच्ने चलन हराउँदै गएको छ । आज भन्दा धेरै पहिला हाम्रा दिदी ,बहिनी र आमाहरु आफै गीत गाउँदै नाच्दै गरेको सम्झना अझै ताजै छ । त्यति बेला आज भोली जस्तो छाडा गीत गाएर नाचेको देखिएन र सुनिएन पनि । त्यति बेला एक आपसमा दुःख सुखका गीत गाएर नाच्ने चलन थियो । अहिले त्यो हराउँदै गएको छ । तीज एक सांस्कृतिक तथा धार्मिक चाड हो । यसमा पार्वतीले महादेव पति पाउँ भनेर ब्रत बसेर त्यसैकै फलस्वरुप महादेव पाएको जनबिश्वास छ र अझै पनि गरिन्छ । यसैको आधारमा तीजमा ब्रत बस्न थालिएको मानिन्छ ।

हाम्रो समाजमा बिवाहित महिलाहरुले आफना पतिको चिरायुको कामना गदै ब्रत बस्ने चलन अझै कायम नै छ । र अबिवाहिता छोरी चेलीले सुयोग्य बरको आशा राखी ब्रत बस्छन् । यस चाडले धर्म, संस्कृति र परम्परालाई आत्मसात् गरेको छ । हाम्रा छोरी चेलीहरु तीजमा माइत जाने चलन छ । आज भन्दा धेरै अघि संचार क्षेत्रको बिकास नहुदै माइती पक्ष आफना चेलीहरुलाई लिन उनीहरुका घरमा जाने चलन थियो ।
यति बेला संचार क्षेत्रले फड्को मारिसकेको अबस्थामा आफना दिदी बहिनीहरुलाई फोन गरेर निम्तो दिने चलन आएको छ । हाल आएर तीजका गीतहरुमा छाडा, अश्लिल र सुन्न र हेर्न नसक्ने खालका तीज गीतहरुको बजारमा मारामार छ । युट्युवमा धेरै भ्युज बढाउन र पैसा कमाउने होडबाजीमा त्यस्ता गीत सार्वजनिक भइरहेका छन । कोही कलाकारहरु आफू चर्चित हुन पनि त्यस्ता छाडा गीतहरु निकालेर भाइरल बनिरहेका छन । सरकार के हेरेर बसेको होला ? यस्ता खालका गीतहरुले हाम्रो परम्परागत संस्कृति माथि धावा बोलीरहेका छन । छाडा र बिकृत गीतहरुको श्रृखंला अझै रोकीएको छैन ।

यो कहिले सम्म कायम रहला ? मनोरन्जनका नाममा अघिल्ला बर्षहरुमा पनि यस्ता गीतहरुले बजार तताएका थिए । तर यस्ता गीतलाई राम्रो मानिदैन । हाम्रो समाजले यस्ता गीत पचाउन नै सक्दैन । तीजका गीत भनेको त माइती घरमा माइतीहरु संग संगै बसेर हाँसो र खुसी दुख र पीडा साट्दै गाउँने गीत हुन । हाल बजारमा आएका कतिपय गीत मौलिक पहिचान झल्किने खालका नभएर अश्लिल छन ।

त्यसैले कता जाँदैछ हाम्रो संस्कृति, सभ्यता र संस्कार प्रश्न उठिरहेको छ । हाम्रो संस्कृति, सभ्यता र संस्कारलाई बँचाउनु हामी सबैको कर्तव्य र दायित्व हो । बजारमा आएका छाडा गितहरुलाई प्रतिबन्ध लगाउनु पर्छ र रच्नेलाई कारवाही गर्नु पर्छ । त्यसो भयो भने मात्र हाम्रो परम्परा र संस्कृति जोगिन सक्छ । अब हामी सबैले परम्परागत चाड पर्वलाई पहिचान दिने खालका गीतहरुलाई मात्र प्रोत्साहन दिनु पर्छ ।

The post भड्किलो तीज, अश्लिल गीत, कता जाँदैछ हाम्रो संस्कृति, सभ्यता र संस्कार ? first appeared on Khabar Breaking.

  • Related Posts

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

    Read more

    Leave a Reply

    You Missed

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 7 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 7 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 1 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

    • By
    • September 5, 2024
    • 20 views