भगवति हाइड्रोपावरको ४% बोनस शेयर पारित; चुक्ता पूँजी वृद्धि गरिने

१६ असोज , काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २४औं वार्षिक साधारणसभाले कम्पनीले प्रस्ताव गरेको ४% बोनस शेयर प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको छ। कम्पनीले हालको चुक्ता पूँजी रु. ५७,२०,६४,७००/- को ४% ले हुने रकम रु. २,२८,८२,६००/- बोनस शेयर प्रदान गरेको हो।

कम्पनीका अध्यक्ष हरि प्रसाद पाण्डेको सभापतित्वमा बुधबार (१६असोज ) नयाँ बानेश्वर , काठमाडौंमा सम्पन्न सभाले कम्पनीको हालको जारी पूँजी वृद्धि गरि रु.५९,४९,४७,३००/- पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ।

साथै, सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब लगायतका विषय र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छलफल र सुझावसहित पारित गरेको छ।

कम्पनीले पोखरा महानगरपालिका स्थित विजयपुर खोलामा ४.५ मेगावाटको साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरि मिति २०६९ भदौ ५ गतेदेखि व्यापारीक उत्पादन गरिरहेको छ। समीक्षा आर्थिक वर्षमा विद्युत बिक्री लगायत बाट कम्पनीले रु. १४३,१३५,९१६/४९ आम्दानी गरेको जनाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गरेको थियो ।त्यसैले , भदौ ३० गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउन र सभामा सहभागिता जनाएका थिए ।

The post भगवति हाइड्रोपावरको ४% बोनस शेयर पारित; चुक्ता पूँजी वृद्धि गरिने first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न