बिश्व मानबिय सहायता दिबस २०२४ क्यानाडामा मनाइयो

रामहरि कोइरालाबाट, ८ भदौं, क्यानाडा । क्यानाडामा क्रियाशील सामाजिक सस्था, हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरले गत अगस्त १८ मा क्यानाडाको नायग्रा फल्स्मा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो। मानबिय सहायतामा बिश्वब्यापी नेपाली डायस्पोराको योगदान, चुनौती र अवसर शिर्षकमा आयोजित सो कार्यक्रम बिश्व मानबिय सहायता दिबस २०२४ को अवसर पारेर आयोजना गरिएको थियो। समय समयमा नेपालमा आइपर्ने प्राकृतिक बिपत्ति अनि मानबिय संकटमा बिश्वभर छरिएर रहेका नेपाली समुदायको सहयोग, सहभागिता अनि सेवाभाव कसरी प्रभाबकारी बनाउन सकिन्छ ? त्यसका निम्ति चुनौतिहरु के के रहेका छन् ? लगायतका बिषयहरुमा सो अन्तरक्रिया कार्यक्रममा गहन रुपले छलफल गरिएको थियो।
क्यानाडा स्थित नेपाली राजदुत भरतराज पौडेलको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा मानवीय सहायता विज्ञ कृष्ण केसी र नवराज गुरुङले कार्यपत्रद्वारा सम्बद्ध बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। गहन रुपमा अध्ययन गरि प्रस्तुत गरिएको कार्य पत्रको मर्म, भावना अनि गन्तब्यप्रति मिहिन अन्तरक्रिया भएको थियो, सहभागीहरु बीच।
कार्यपत्र अनि छलफलको निचोड बुझ्दै राजदुत पौडेलले भन्नु भयो – बिश्वब्यापीरुपमा संगठित अनि बिकसित हुदै गएको नेपाली डायस्पोरा समाजले आफ्नो रास्ट्रलाई केन्द्र भागमा राखेर आयोजना गर्ने यस्ता कार्यक्रमहरुमा नेपाल सरकार सधै साथमा रहने हुदा यस निचोडलाई पनि छिट्टै राज्य संयत्रमा बुझाउने बताउनु भयो। कार्यक्रममा सिटी अफ नायाग्राका काउन्सिलर भिक्टर पाईट्रयान्गेलो, त्यस क्षेत्रका साम्सद वाईनी गेट्स, लगायत केही विदेशीहरुको समेत सहभागिता थियो। कार्यक्रममा गुल्फ र वेलिंग्टनको परिवार तथा बालबालिका सेवाका कार्यकारी निर्देशक डारिया एलन इब्रोन र सेवा निर्देशक शिया दहुजाले पनि आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा एन आर एन ए क्यानाडाका उप सभापति किरोज श्रेष्ठ, नायग्रा रिजनका नेपाली प्रतिनिधि दिपेश पोख्रेल लगायतले बिषयगत धारणा राख्नु भएको थियो। आयोजक सस्था हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरका बोर्ड अफ डाईरेक्टर दिनेश सिंह मल्लले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने सो कार्यक्रममा स्वागत मन्तब्य राख्नु भएको थियो – आयोजक सस्थाका अर्का बोर्ड अफ डाईरेक्टर सुमन ढकालले। आयोजक सस्था कै अर्का बोर्ड अफ डाईरेक्टर निरुपमा शर्माले उद्घोषण गर्नु भएको सो कार्यक्रममा अतिथिहरुलाइ धन्यबाद ब्यक्त गर्नु भएको थियो – आयोजक सस्था कै तर्फबाट बोर्ड अफ डाईरेक्टर विजय लम्सालले। हेल्पिङ ह्यान्ड्स विदाउट बोर्डर्स क्यानडाका अध्यक्ष राजन छात्कुलीले संस्थाको उद्देश्य, प्रगति र उपलब्धि प्रस्तुत गरेका थिए ।

हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरका अध्यक्ष राजनश्री छत्कुल्लीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नायग्रा रिजन सेरोफेरोमा बसोबास गर्ने, बिभिन्न पेसा ब्यबशाय गर्ने अनि नेपालीहरुका हितमा खोलिएका बिभिन्न संघ सस्थामा आबद्ध झन्डै १०० जना को उपस्थिति थियो। कार्यक्रम क्यानाडा र यु एस ए को सिमास्थित नायग्रामा अबस्थित बाल्टी इन्डियन रेस्टुरेन्टमा सम्पन्न भएको थियो। एमडीएस भिसाका आप्रवासी सल्लाहकार तथा आईसीआरसी मुगाराज भण्डारी, सीपीए विद्याभूषण कार्की, आप्रवासी सल्लाहकार तथा आईसीआरसी प्रमेश गुप्ता तथा बाल्टी इन्डियन रेष्टुरेन्टका श्री टिकाराम नेउरे र गोपाल पुनले कार्यक्रमको प्रायोजन गरेका थिए ।

The post बिश्व मानबिय सहायता दिबस २०२४ क्यानाडामा मनाइयो first appeared on Khabar Breaking.

  • Related Posts

    आज सुनको मूल्य घट्यो

    २३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २०० रुपैयाँले घटेको…

    Read more

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    Leave a Reply

    You Missed

    आज सुनको मूल्य घट्यो

    • By
    • September 8, 2024
    • 0 views

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 8 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 8 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 2 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि