बिक्रम भक्तको आमा र बुवाको नाममा बर्ष पुस्तक पुरस्कार

२८ भदौ, काठमाडौं। नेपाली साहित्यमा निकथाको माध्यमवाट नौलो आयाम थप्दैआएका नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी र उनको जीवन संगीनी बिन्जु जोशीले आयामिक कार्य गरेका छन्। जोशी दम्पत्तिले पिता प्रभु भक्त जोशी तथा माता छोरीनानी जोशीको नाममा पुरस्कार स्थापना गरेर आयामिक कार्य गरेका हुन्।

निकथाको सर्वोत्कृष्ट बर्ष पुस्तक नै सावित भैसकेको कृति “चोभार ब्लुज”का स्रष्टा लेखक बिक्रम भक्त जोशीका पिता र माताको नाममा “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार”स्थापना भएको छ। नारी स्रष्टा समाजबाट प्रदान गर्ने गरी आफ्ना मातापिताका नाममा बिक्रमभक्त जोशी र बिन्जु जोशीले “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार” स्थापना गरेका हुन् । र त्यसको अक्षयकोषको समेत ब्यवस्था जोशी दम्पत्तिले गरिसकेको छ ।

नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको संयोजनमा स्थापना गरिएको “प्रभुभक्त–छोरीनानी वर्षपुस्तक पुरस्कार २०८१” पहिलो पटक आगामी मङ्सिर १ गते नारी स्रष्टा दिवसको अवसरमा उत्कृष्ट पुस्तक छनोट कमिटीबाट छनोट भएको पुस्तकलाई नगद एघार हजार र सम्मानपत्र प्रदान गरिने भएको छ। यसको सम्पूर्ण जिम्मेवारी जोशी दम्पत्तिले नारी स्रष्टा समाजलाई दिएका छन्।

The post बिक्रम भक्तको आमा र बुवाको नाममा बर्ष पुस्तक पुरस्कार first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न