बाल दिवसमा रमाए ग्लोरी टिन एण्ड किड्स टयालेण्टका प्रतिस्पर्धीहरु

३० भदौं, काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाहरुले विविध कार्यक्रम प्रस्तुतीसहित रमाईलो गरि राष्ट्रि«य बाल दिवस मनाउनु भएको छ । ग्लोरी मिडियाद्धारा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमी हलमा भाद्र २९ गते शनिवार आयोजित सो कार्यक्रममा बालबालिकाहरुले हर्षेल्लासपूर्वक बालदिवस मनाउनु भएको हो । सो अवसरमा बालबालिकाहरु स्वयं्ले स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन गर्नैुभएको थियो भने बाल दिवस एवं बालबालिकासँग सरोकारित विषयमाथि केन्द्रित रही प्रस्तुती समेत दिनुभएको थियो । कार्यक्रममा बालबालिकाहरुले बालबालिकाको सवाललाई विशेष महत्व दिनुपर्नेमा जोड दिनुभयो ।

६ बर्षिय बालिका आहाना अधिकारीको सभापतित्वमाझ आयोजित उक्त कार्यक्रम नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा साल्ट ट्र«ेडिङ्ग कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बाल दिवस मनाउने क्रममा केक काटेर दिवससहित प्रमुख अतिथि श्रेष्ठको जन्मदिन समेत मनाईएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले कर्पोरेशनले आयोडिनयुक्त नुनको विक्री वितरणको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको जानकारी दिदै बाल स्वास्थ्यप्रति सदैव सजक र सचेत रही आएको उल्लेख समेत गर्नुभयो । साथै उहाँले ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाको प्रस्तुती निकै अब्बल रहेको आफूले महशुस गरेको बताउनुभयो । कार्यक्रम माझ एन प्याब्सनका केन्द्रिय महासचिव एवं बाल साहित्यकार पारसमणि दाहालले बाल अधिकारलाई सुनिश्चित गर्न सबैले आफनो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो । त्यसैगरि एन प्याब्सनका बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्कीले ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।

उसैगरि, होटल हायात रिजेन्सीका लर्निङ्ग एण्ड डेभलपमेण्ट म्यानेजर विलास खत्रीले बालबालिकाहरुको आत्मविश्वासलाई बढ्वा दिने हुदाँ यस्ता कार्यक्रमहरु निकै फलदायी रहने उल्लेख गर्नुभयोे । नेपाल चेम्बर अफ कमर्सकी निर्देशक श्रृष्टि त्रिपाठीले बालबालिकाको अधिकारलाई मुखरित गर्न सबैले होस्टेमा हंैसे गर्दै अघि बढनुपनमा जोड दिनुभयो । सो अवसरमा अभिभावकहरुले बालबालिकाका लागि शिक्षासँगै अतिरिक्त कार्यक्रमहरुको पनि महत्वपूर्ण स्थान रहने आशयसहितको मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बाल सहभागितालाई प्रबद्र्धन गर्ने हेतुले बालबालिकाकै सभापतित्व र प्रस्तुतीमाझ कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभयो । सोमराज बास्तोला ईभेण्ट निर्देशक रहेको उक्त ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका प्रतियोगीलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिदै आउनुभएको छ । कार्यक्रमका विजेता तथा सहभागी प्रतियोगीहरुले एनटिभि न्युजमा प्रसारण हुने कार्यक्रम सचेतनाको बालबालिका लक्षित श्रृंखलाहरुमा कार्यक्रम प्रस्तोता भई कार्यक्रम संचालन गर्न पाउनु हुनेछ ।

The post बाल दिवसमा रमाए ग्लोरी टिन एण्ड किड्स टयालेण्टका प्रतिस्पर्धीहरु first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न