बाबियाखर्क बचत तथा ऋण सहकारीको २८औं  वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २८औं  वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले यही असोज ५ गते शनिबार बानेश्वरमा उक्त साधारणसभा सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको सभापतित्वमा सम्पन्न साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा शेयरपूँजी रु ४३,४८६,०००/- रहेको सहकारीको कूल कारोबार ४५०,२८२,२१५.४०/- रहेको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरेले बाबियाखर्क साकोस सहकारीको अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तलाई पालना गरी सदस्य र सामुदायिक सेवालाई हितमा राखी संचालन भइरहेको बताए । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्वअध्यक्ष , एसियाली ऋण महासंघका समेत पूर्वअध्यक्ष र सहकारी क्षेत्र सुधार कार्यदलका विज्ञ सदस्यसमेत रहेका घिमिरेले यस साकोसमा आवद्ध संचालक , सदस्य र कर्मचारीहरु संस्थाको प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताए ।

The post बाबियाखर्क बचत तथा ऋण सहकारीको २८औं  वार्षिक साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न