बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता सूर्यविनायकमा सम्पन्न

0
8

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा शिक्षा सदनको सह–आयोजकत्वमा फागुण २ र ३ गते दुई दिनसम्म सञ्चालित “प्रथम बागमती प्रदेशस्तरीय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०८२” सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

संघका केन्द्रीय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पूर्व जि.खे.वि.स. अध्यक्ष तथा सूर्यविनायक नगरपालिकाका नगर खेलकुद सदस्य–सचिव दीपक थापा, आशा फर चिल्ड्रेनका अध्यक्ष सुष्मा बज्राचार्य, उपाध्यक्ष डा. स्वयं प्रकाश श्रेष्ठ, कोषाध्यक्ष विन्दुसागर शाक्य, सदस्य उदयहर्ष बज्राचार्य, प्रमिला लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोपाल श्रेष्ठलगायतको विशेष उपस्थिति रहेको थियो। अतिथिका रूपमा रोम्बस स्कुलका प्रिन्सिपल राजेन्द्र कोजु सहभागी थिए। आशा शिक्षा सदनकी सहायक प्रिन्सिपल सृजना तामाङले प्रमुख अतिथि तथा अतिथिहरूलाई स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

प्रतियोगितामा बागमती प्रदेशभरका १५ विद्यालयका २२८ खेलाडीले सहभागिता जनाएका थिए। पुरुष र महिला दुवैतर्फ २५, ३०, ३५, ४०, ४५ र ५० केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो। पुरुषतर्फ ५० केजीमा निगमल तामाङ (बाणीविलास मा.वि.), ४५ केजीमा प्रज्ञा पाण्डे (गोलढुंगा स्कुल), ४० केजीमा प्रतिक तामाङ (गोलढुंगा स्कुल), ३५ केजीमा प्रदीप ठोकर (बाणीविलास मा.वि.), ३० केजीमा प्रयास तामाङ (गोलढुंगा स्कुल) र २५ केजीमा सिमन गुरुङ (गोलढुंगा स्कुल)ले स्वर्ण पदक जिते। महिलातर्फ ५० केजीमा विधा तामाङ (शाइनिङ स्कुल), ४५ केजीमा सन्तोषी शिवाकोटी (आशा शिक्षा सदन), ४० केजीमा आकृति पौडेल (शान्तिदीप स्कुल), ३५ केजीमा स्नेहा श्रेष्ठ (शाइनिङ स्कुल), ३० केजीमा युनिशा तामाङ (शाइनिङ स्कुल) र २५ केजीमा जेसी रुम्बा (ओम स्कुल) स्वर्ण पदक विजेता बने।

रजत पदकतर्फ पुरुष ५० केजीमा सफल थामी (आशा शिक्षा सदन), ४५ केजीमा संयोग जर्का मगर (गोलढुंगा स्कुल), ४० केजीमा महेश तामाङ (गोलढुंगा स्कुल), ३५ केजीमा सोहन महर्जन (बाणीविलास मा.वि.), ३० केजीमा आदित्य कोइराला (युनिक स्कुल) र २५ केजीमा आदेश तामाङ (आशा शिक्षा सदन) रहे। महिलातर्फ ५० केजीमा दिव्याना जोशी (युनिक स्कुल), ४५ केजीमा आशा चदरा (आशा शिक्षा सदन), ४० केजीमा प्रकृति लिगल (शाइनिङ स्कुल), ३५ केजीमा शुशिला खत्री (आशा शिक्षा सदन), ३० केजीमा प्रनिशा तामाङ (शाइनिङ स्कुल) र २५ केजीमा सुदृष्टि सापकोटा (लिटिल गार्डेन स्कुल)ले रजत पदक हात पारे।

कास्य पदक पुरुषतर्फ ५० केजीमा खुमबहादुर थामी (आशा शिक्षा सदन), ४५ केजीमा मञ्जिल विष्ट (काभ्रे स्कुल), ४० केजीमा विजय वि.क. (आशा शिक्षा सदन), ३५ केजीमा प्रतिक बानियाँ (आशा शिक्षा सदन), ३० केजीमा समल लिम्बु (गोलढुंगा स्कुल) र २५ केजीमा रिवान मास्के (कोपिला स्कुल)ले प्राप्त गरे। महिलातर्फ ५० केजीमा अक्षेता पाण्डे (ओम स्कुल), ४५ केजीमा जमुना तामाङ (आशा शिक्षा सदन), ४० केजीमा निशा विष्ट (आशा शिक्षा सदन), ३५ केजीमा आबकति चदरा (आशा शिक्षा सदन), ३० केजीमा सुप्रिया खड्का (शाइनिङ स्कुल) र २५ केजीमा देवन्सी थापा (स्मार्ट किड्स) कास्य पदक विजेता बने। थप कास्य पदक विजेतामा पुरुषतर्फ राजा केवत, मनिष घिमिरे, जोविन बजगाई, शिशिर लिम्बु, दीपेश थापा र स्पर्श ढुंगेल तथा महिलातर्फ जेसिका प्रधान, आरोही थापा, विधि घिमिरे, अबिना स्यांताङ र आशुतोष बादे रहेका छन्।

प्रतियोगिताको बेस्ट फाइटरतर्फ शाइनिङ स्कुलकी स्रेया सुलु र काभ्रे सेकेण्डरी स्कुलकी आरुशी फुयाल घोषित भएका छन्। समापन तथा पुरस्कार वितरण समारोहमा केन्द्रीय संघका अध्यक्ष तथा ब्रान्चचिफ सिहान अशोक कुमार श्रेष्ठ र आशा फर चिल्ड्रेनकी अध्यक्ष सुष्मा बज्राचार्यले विजयी खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे।

उक्त प्रतियोगिताको मुख्य जुरीमा सिहान अशोक कुमार श्रेष्ठ, सहायक जुरीमा राजेन्द्र थापा र निर्णायकहरूमा विशाल बल, प्रकाश तामाङ, सन्तोष गुप्ता, बुद्ध तामाङ, राजकुमार बल, सम्पूर्ण महर्जन तथा एन्जिला श्रेष्ठ रहेका थिए। आयोजकले प्रतियोगिताले विद्यालयस्तरमै मार्शल आर्ट्सको विकास, अनुशासन र खेलकुद संस्कृतिलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here