Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 5
    RESHAM FILILI NEPALI COMEDY MOVIE Breaking News
  • सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो, प्रतिव्यक्तिलाई थपियो ६९ हजार ऋणभार Breaking News
  • पूर्वमन्त्रीसहित ८५ नेता एमाले प्रवेश Breaking News
  • maxresdefault 8
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 379 | Mar 10, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • दिल्लीमा एकै दिन २१ हजार कोरोना संक्रमित, २३ जनाको मृत्यु Breaking News
  • Screenshot 20250127 222024 Facebook 300x166 dazhmA AMERICA KHABAR January 27, 2025
    नेपालमा ‘विश्व युवा महोत्सव’ को आयोजना गरिने Breaking News
  • राजनीतिक दलको चुनावमा भाग लिए शिक्षक र कर्मचारीलाई कारबाही गर्ने Breaking News
  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung | Releasing Today @love5pm Breaking News

बबिना, बि.बि. थापा र बीना राउतको छमछमी नाच्ने गीत ‘अल्लारे’ सार्वजनिक ( भिडियो सहित)

Posted on March 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on बबिना, बि.बि. थापा र बीना राउतको छमछमी नाच्ने गीत ‘अल्लारे’ सार्वजनिक ( भिडियो सहित)

मलाई चुलबुले चुलबुले बनायो सपना देखायो हो अल्लाले जोवनले
मेरै होसै उडायो भोक प्यासै हरायो हो अल्लारे जोवनले …

२७ फागुन , काठमाडौं । जे हुन्छ, जसो हुन्छ अल्लारे जोवन,यौवन र बैंसमा हुन्छ । यति बेला मन चुलबुल चुलबुल हुन्छ, चञ्चले हुन्छ, चकचके हुन्छ, छुकछुके हुन्छ । आँफू कहाँ छु ? के गर्दैछु ? के सोच्दैछु केहि पत्तो हुदैन । अल्लारे जोवनले होस उडाउँछ, भोजनको भोकप्यास हराए पनि यौवनको भोकप्यास बल्झाउँछ, कोमल अङ्ग, अङ्गमा विभिन्न रङ्गहरुको संयोजन हुन्छ जुन रङ्ग उन्मादक हुन्छ । त्यो उन्मादले मन ठेगानमा रहदैन, त्यहि उन्मादले छमछम नचाउँछ पनि शरदमा पनि पानीले रुझाउँछ ।

अल्लारे जोवनमा सपना पनि रङ्गिन देखिन्छ । मनको एउटा साथी सपनीमै झल्झली देखिन्छ अनि विपनीमा आउने साथी कस्तो होला ? कहाँ होला ? कहिले भेटिएला भन्ने खुल्दुली मन भरि संगालिन्छ । अल्लारे जोवनले हसाउँछ पनि, रुवाउँछ पनि एकोहोरो टोलाउने पनि बनाउँछ ।

अल्लारे जोवनको बेला आउने उथलपुथल, चुलबुलपन अनि यो बेला मनले संगाल्ने विभिन्न भावहरु समेटेर लेखिएको गीत ‘अल्लारे’ भर्खरै सार्वजनिक भएको छ । चर्चित एवं कालजयी गीत ‘म तिम्रो शहर छोडी टाढा टाढा जादैछु …देखि बत्ती बालि खोजूँ म कहाँ, झरेको फूल नटिप, कति चञ्चल, बबिना भट्टराईको स्वर तथा संगीतमा ’माया आँफै हुन्छ, लाउन पर्दैन’ सम्मका गीत लेख्ने बरिष्ठ गीतकार बि.बि. थापाले लेखेका हुन् । गीतमा बबिना भट्टराईको स्वर तथा संगीत रहेको छ भने गीतको एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन् । अनामनगर स्थित म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश खरेलले गरेका छन् । गीतको भिडियोमा बीना राउतले अल्लारे जोवन छल्कने गरि अभिनय गरेकी छिन् । राजिव करनको कोरियोग्राफी रहेको भिडियोको निर्देशन रोशन पुरीले गरेका छन् ।

भर्सटाइल गायिका तथा संगीतकार बबिना भट्टराईले ‘अल्लारे’ गीत सार्वजनिक भएको खुसी साट्दै भन्छिन् ‘मेरो गायनमा अहिले सम्मको फरक गीत हो यो, अरु धेरै किसिमका गीत, गजल, चारु तथा भजनमा स्वर तथा संगीत दिए पनि दर्शक श्रोताहरुलाई छमछमी नचाउने गीत नआइरहेको सन्दर्भमा दर्शक, श्रोताको माग अनुसार अल्लारे गीत मा मैले स्वर तथा संगीत दिएकी हुँ, मलाई विश्वास छ फागू पूर्णिमाको पूर्व सन्ध्यामा सार्वजनिक भएको ‘अल्लारे’ गीतमा मेरा दर्शक, श्रोताहरु छमछमी नाच्नु हुनेछ, रमाउनु हुनेछ, गीतलाई माया गरिदिनु हुनेछ । गीत सुनेर तथा हेरेर गीतको बारेमा आफ्‌नो अमुल्य सल्लाह,सुझाव दिन पनि मेरा दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछु साथै यस गीतको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।’

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् । उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् भने महाशिवरात्रीको अवसरमा ‘जय जय शम्भु’ भजन सहित उनले आफ्‌नै भजन च्यानल ‘श्री भजन्स्‌’को सुरुवात गरेकी छिन् ।

नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

नौलो डिजिटल युट्व च्यानल मार्फत ‘अल्लारे’ गीतको प्रिमियर भइरहदा उनी म्युजिक नेपालको स्टुडियोमा कुमार महाराज, विकास सुनार र रत्नका साथमा उनको नयाँ एवं फरक गीत ‘अपराजिता’ मा बाजाको तालमेल मिलाउदै थिइन् । भर्खरै ‘अल्लारे’ गीत बजारमा आउँदा उनी समाजसेवी एवं बालचिकित्सक अपराजिता अधिकारीको स्मृतिमा हरिराम पौडेलले लेखेका मार्मिक शब्दहरुमा आफ्‌नो संगीत सहित स्वर भर्दै थिइन् । यसर्थ गायिका तथा संगीतकार अल्लारे र चञ्चल गजल जस्तो छमछम नचाउने गीत, गजल, अपराजिता जस्तो स्मृति समेटिएको गीत, पिरतीको गीत जस्तो प्रेमिल गीत, के हुन्छ होला जस्तो जीवन दर्शनको गीत, तिमी नमर्नु है जस्तो सन्देशमुलक गीत र बालबालिकाको जिव्रोमा झुण्डिने दर्जनौ बालगीत गाउन सक्ने, त्यस्ता भावका गीतमा संगीत भर्न सक्ने खुवी भएकी भर्खटाइल गायिका हुन् भन्ने पुष्टि गरेको छ ।

Breaking News

Post navigation

Previous Post: गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा समुद्घाटन
Next Post: आईपुग्यो नथिङ फोन थ्रि ए

Related Posts

  • maxresdefault 2
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 371 | Jan 13, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछः कमल थापा Breaking News
  • गायिका ममता गुरुङ र डा डिआर उपध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक Breaking News
  • 277407251 3168007543526015 6885404618321765486 n XCRnCC
    अग्नि कुमारी पुडासैनीको चौरासी पूजा सम्पन्न Breaking News
  • नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थीर Breaking News
  • पनौतीमा पर्यटकलाई सूचना दिन बसपार्कमा काउन्टर आवश्यक Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • होटल व्यवसायी महासंघको साधारणसभा भोलि हुँदै Breaking News
  • राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग Breaking News
  • परिसंघले दियो हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई Breaking News
  • एमालेले अर्घाखाँचीमा लगायो उम्मेदवारको टुंगो Breaking News
  • KhabarBreaking.com: लुम्बिनी प्रदेशः नवनियुक्त मन्त्रीहरुले लिए शपथ Breaking News
  • जन सांस्कृतिक महासंघमा अधिकारी, अर्घाखाँचीका केन्द्रीय कमिटीमा को को परे Breaking News
  • शरीरको प्रतिरक्षात्मक शक्ति कसरी बढाउने ? Breaking News
  • The Menstrual Mood Disorder You’ve Never Heard About
    English News: The Menstrual Mood Disorder You’ve Never Heard About Breaking News
  • gyapaan patra 1 pMB2rC
    डा केसीले स्वास्थ्यमन्त्रीलाई बुझाए ७ बुँदे ज्ञापनपत्र Breaking News
  • नयाँ वर्ष २०८२ मा प्रधानमन्त्रीको सन्देश: सकारात्मक सोच र आत्मबलसहित देशलाई समृद्ध बनाउन लागौं Breaking News
  • एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उपाधि दोर्जे होजाङस्टाङलाई Breaking News
  • Profile and Interviews: Let’s make it bigger!2大きくしていく2 profile-and-interviews
  • Profile and Interviews: amaira ki mummy n mari chappal 🤣 #shorts #thegeetagurjar profile-and-interviews
  •  आज १६ जिल्लामा एमाले अधिवेशन नहुने Breaking News
  • अमेरिकी विदेशमन्त्रीद्वारा देउवालाई धन्यवाद Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme