बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको राजीनामापछी नयाँ राजनीतिक परिस्थिति

२२ साउन , काठमाडौं । बंगलादेशमा सरकारी सेवामा आरक्षणको विरोधमा विद्यार्थीको आन्दोलनको कारण  प्रधानमन्त्री शेख हसिनाले सोमबार  पदबाट राजीनामा दिएपछि त्यहाँको राजनीतिले नयाँ मोड लिएको छ।

आन्दोलनमा तीन सय बढीको ज्यान गएपछि र आन्दोलन बढदै गएपछि  देश छाडेर दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै ७६ वर्षिय हसिना देश छोडेर भारत पुगेकि छिन् ।

उनी भारतमा निर्वासनमा गएलगत्तै सेना प्रमुख वाकर उज् जमानले राष्ट्रको नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठन गरिने बताएका छन् ।

सोमबार राती नै राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन्। राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन्।

शहाबुद्दिनले आफूले सेना प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक पनि गरेका छन। बाङ्ग्लादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताएका छन्।

तर सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी रहेको अन्तरराष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् । हसिनाको बहिर्गमनसँगै बंगालेदशको राजनीतिमा शून्यता सृजना भएको छ।

यसअघि हसिनाको अवामी लीग र विपक्षी बंगलादेश न्याशनल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको यहाँ एकाएक शून्यताको अवस्था सृजना भएको छ।बंगलादेशमा कयौं पटक सैन्य कू भइसकेको छ। सबैभन्दा पछिल्लो पटक सन् २००७ मा सैन्य कू भएको थियो।

पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको प्रशंसा गर्दै अमेरिकाले पनि अन्तरिम सरकारको गठनमा जोड दिएको छ। यूरोपेलि यूनियन(ईयू) ले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई “शान्तिपूर्ण सत्ता हस्तान्तरण” गर्न आग्रह गरेको छ। यो क्षेत्रकै शक्तिको रूपमा रहेको छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन। ( अन्तर्राष्ट्रिय संचार माध्यमहरुको सहयोगमा )

The post बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको राजीनामापछी नयाँ राजनीतिक परिस्थिति first appeared on Khabar Breaking.

  • Related Posts

    आज सुनको मूल्य घट्यो

    २३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २०० रुपैयाँले घटेको…

    Read more

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    Leave a Reply

    You Missed

    आज सुनको मूल्य घट्यो

    • By
    • September 8, 2024
    • 0 views

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 8 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 8 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 2 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि