बंगलादेशमा तारिक रहमान प्रधानमन्त्री नियुक्त हुँदै, अपराह्न शपथ ग्रहण

0
8

काठमाडौं । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज (मंगलबार) जननिर्वाचित सरकार पाउने भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्तको अन्तरिम सरकार १६ महिना पछि निर्वाचित सरकारलाई सत्ता सुम्पिदै छ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमवार राति आफ्नो विदाई भाषणमा पद छोड्ने घोषणा गरेका थिए ।

१२ फेब्रुअरी मा भएको आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो । यस्तै जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्रीका रूपमा अध्यक्ष तारिक रहमानले शपथ लिने बताएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

बंगलादेशमा आर्ज संसद सदस्यहरूको शपथ ग्रहण समारोह पनि आयोजना हुँदैछ । बीबीसीका अनुसार मुख्य निर्वाचन आयुक्तले मंगलवार बिहान १० बजे संसद् भवनको साउथ प्लाजामा नव निर्वाचित संसद सदस्यलाई शपथ गराउँदै छन् ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here