बंगलादेशमा अर्थशास्त्री मोहम्मद युनुस अन्तरिम सरकार प्रमुखमा नियुक्त

२३ साउन , काठमाडौं । बंगलादेशमा अर्थशास्त्री तथा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस खाँ अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । सरकारी सेवामा  आरक्षणको बिरोधमा भएको विद्यार्थी आन्दोलनको कारण प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागेपछिको नयाँ परिस्थितिमा मोहम्मद युनुसलाई प्रधानमन्त्री नियुक्त गरिएको हो।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उनलाई मंगलबार राती सरकार  प्रमुखमा  नियुक्त गरेका हुन् ।  संसद् विघटन गरेको केही घण्टापछि  युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बीबीसी ले बताएको छ ।यसैगरी,उनी अन्तरिम सरकारमा नियुक्त भएको समाचार बंगलादेशको समाचार अनलाइन न्यूएज ले पनि पुष्टि गरेको छ।

यसअघि विभेद विरोधी विद्यार्थी आन्दोलनका आयोजकहरूले बरिष्ठ अर्थशास्त्री तथा लघुवित्तका पिता ८३ वर्षीय मोहमद यूनुस खाँलाई अन्तरिम सरकारमा नेतृत्व दिन माग गरेका थिए ।

यसबारे राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने बताएका छन् ।पेरिस भ्रमणमा रहेका यूनुस भ्रमण छोट्याएर  राती  नै स्वदेश  फर्किएका छन् ।

यसअघि युनुसको कार्यालयले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको थियो ।एजेन्सीहरु

The post बंगलादेशमा अर्थशास्त्री मोहम्मद युनुस अन्तरिम सरकार प्रमुखमा नियुक्त first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न