Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नेपाल सुशासन पार्टी र विभिन्न साना दलहरु आपसमा सहकार्य गरेर अगाडि बढ्ने सहमती Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali स्वास्थ्य क्षेत्रमा चरम लापरवाही, डाक्टरले लेखेको औषधी नै पाँईदैन्…| Sadagamaya | सदगमय | Ep – 10
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali स्वास्थ्य क्षेत्रमा चरम लापरवाही, डाक्टरले लेखेको औषधी नै पाँईदैन्…| Sadagamaya | सदगमय | Ep – 10 Breaking News
  • आजबाट कम्प्युटर  एशोसिएसन अफ नेपाल (क्यान)काे आयाेजनामा यो वर्षकाे ‘क्यान इन्फोटेक २०२५’  काठमाडौँको भृकुटीमण्डपमा सुरू Breaking News
  • KhabarBreaking.com: गृहमन्त्री रविले भने- तीन दसकको गलत अभ्यास सच्याउन समय लाग्छ Breaking News
  • एमालेले गठबन्धन गर्दैन, स्थानीय तहमा ६० प्रतिशत जित हासिल गर्छौंः योगेश भट्टराई Breaking News
  • dharma oBeWe9
    राजनीतिक ध्रुवीकरण बढेर जाने सम्भावना Breaking News
  • माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकियो Breaking News
  • Title Sponsor HMC Nepal HIKSEMI CAN Info Tech 2025 scaled BVSbY3 AMERICA KHABAR February 10, 2025
    क्यान इन्फोटेक २०२५ भव्यताका साथ सम्पन्न, डिजिटल नेपाल निर्माणमा नयाँ आयाम Breaking News
FB IMG 1750390321884 286x300 fCNc8z AMERICA KHABAR June 20, 2025

फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग

Posted on June 20, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग

६ असार , काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले  नेपालमा नै पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग संचालनको बिहीबार औपचारिक रूपमा शुरूवात गरेका छन् । फर्स्ट च्वाइस फुड्स प्रालिले रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा यो उद्योग स्थापना गरी भारतीय बजारमा निर्यातमा निर्यात थालेको छ। त्यस्तै अन्य देशहरूमा समेत निर्यातको तयारी भइरहेको उद्योगका सञ्चालक तथा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताएका छन् ।

अध्यक्ष पौडेलका अनुसार पछिल्लो तीन महिनामा १० कन्टेनर फ्रेन्च फ्राइझ भारत निर्यात भइसकेको छ। ‘नेपालमा पूर्ण रूपमा आयातमा निर्भर फ्रेन्च फ्राइज अब हामीले उत्पादन सुरू गरेका छौं। नेपाली बजारसँगै विश्व बजारमा पनि निर्यात गर्न थालेका छौं,’ कार्यक्रममा पौडेलले भने।

गत फागुनदेखि व्यावसायिक उत्पादन सुरू गरेको उद्योगले बिहीबार काठमाडौंमा किसान, वितरक, नीति निर्माता र सरोकारवालाहरूसँग आफ्ना उत्पादन सार्वजनिक गरेको छ। उद्योगले फ्रेन्च फ्राइज, आलु टिक्की, स्माइलीज र ह्यास ब्राउन उत्पादन गर्छ। ‘यी परिकार हाम्रो माटोको मेहनत र प्रविधिको मिश्रण हुन्। यी केवल खाना होइनन्, किसानको पसिनाको कथा हुन्,’ पौडेलले चित्रण गरे।

यो उद्योग नेपालमै पहिलोपटक युरोपेली प्रविधिमा आधारित खाद्य प्रशोधन उद्योग हो। यो करिब पाँच बिगाहा जमिनमा फैलिएको छ र भवन ६० हजार वर्ग फिटको छ। पूर्ण क्षमता विस्तारका लागि २ अर्बभन्दा बढी लगानी आवश्यक छ। हालसम्म करिब डेढ अर्ब लगानी भएको छ, जसमा ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत स्वपुँजी छ। उद्योगमा अहिले २ सय जनाले रोजगारी पाएका छा्।

उद्योगले नेपालमै पहिलोपटक ब्रान्ड रेपुटेसन कम्प्लायन्स ग्लोबल स्ट्यान्डर्ड (बिआरसिजिएस) प्रमाणपत्र प्राप्त गरेको छ। यो खाद्य सुरक्षा र गुणस्तरको विश्वव्यापी मानक हो। हाल दैनिक ३० देखि ४० हजार किलो फ्रेन्च फ्राइज उत्पादन भइरहेको छ। ‘हामी फ्रेन्च फ्राइज मात्र बेचिरहेका छैनौं। हाम्रो लक्ष्य ‘हिमालयन क्रिप्स’ र ‘हाम्रो फ्राइस’लाई विश्वमाझ पुर्‍याउनु हो,’ पौडेलले भने।

उत्पादन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो उद्योगले मध्यमवर्गीय उद्यमीको सम्भावना देखाएको बताए। ‘निष्ठापूर्वक काम गरे ठूलो उपलब्धि सम्भव छ। कृष्णप्रसाद रित्तो हात फर्किनुभयो, तर अहिले यो उद्योग खडा गर्नुभयो। यो उदाहरणीय छ,’ उनले भने।

उद्योगले भारतको उत्तराखण्डस्थित पाल फ्रोजन ग्रुपमार्फत फ्रेन्च फ्राइज निर्यात गर्छ। साउदी अरबिया, मलेसिया, अमेरिका र दुबईमा निर्यातको तयारी भइरहेको पौडेलले बताए। नेपालमा काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ र नेपालगञ्जमा ५ वितरक, १२ चेन रेस्टुरेन्ट, १५० भन्दा बढी सप्लायर, ४०० रेस्टुरेन्ट र १७१ आधुनिक मार्टमार्फत बजार विस्तार गरिएको छ।

यो उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर २ हजार मेट्रिक टन आलु खरिद गरेको छ। उद्योगले बीउआलु र प्रशोधन योग्य आलु उत्पादनमा किसानलाई सहयोग गर्छ। कृषि सचिव गोविन्द शर्माले यो उद्योग सञ्चालन सरकारका लागि खुसीको कुरा भएको बताए। ‘आलुको बीउमा ८० प्रतिशतसम्म बीमा प्रिमियम सरकारले तिर्छ। हामी कृषिमा नीतिगत समर्थन गर्न तयार छौं,’ उनले भने।

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले किसान र उद्यमीलाई प्रोत्साहन नगरे उद्योग संकटमा पर्न सक्ने बताए। ‘बीउ उत्पादन र किसान प्रोत्साहनलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने।

पौडेलले सस्तो र गुणस्तरहीन आयात, नीतिगत अस्पष्टता र अवैध आयातले चुनौती थपिएको गुनासो गरे। ‘हामी गुणस्तर र ‘मेड इन नेपाल’को सपनामा सम्झौता गर्दैनौं,’ उनले भने।

यो उद्योगले किसानलाई बीउ, प्राविधिक सलाह र खेतमै आलु खरिदको सुविधा दिन्छ। उद्योग स्थापनाअघि ५ वर्षसम्म बीउ उत्पादन र आलु अनुसन्धानमा समय खर्चिएको छ। काभ्रेपलाञ्चोक, कैलाली, सिन्धुली, नवलपुर, तनहुँ, कास्की, लमजुङ, नुवाकोट, पाल्पा, बर्दिया, दाङलगायत १९ जिल्लामा आलु उत्पादनको परीक्षण सफल भएको छ।

उद्योगले नेपालमै टिस्स्यु कल्चर प्रविधिबाट बीउ उत्पादन गर्छ। हाल तीन जिल्लामा व्यावसायिक किसानसँग बीउ उत्पादनमा सहकार्य छ। उद्योगले किसानलाई प्रतिकिलो २० रुपैयाँ आधार मूल्य ग्यारेन्टी गरेको छ। किसानको लागत प्रतिकिलो १४ रुपैयाँ पर्छ। बजार मूल्य २३–३० रुपैयाँ छ। किसानले अन्यत्र बेच्न पनि सक्छन्, तर उद्योगले ग्यारेन्टी मूल्यमा खरिद गर्छ।

कृषकले प्रति हेक्टर २० टन उत्पादन गरे २ लाख ३६ हजार रूपैयाँ नाफा कमाउन सक्छन्। ४० टन उत्पादन गरे ६ लाख ७९ हजार नाफा हुन्छ, जुन प्रति रोपनी ३४ हजार हो, सञ्चालक श्यामप्रसाद ढकालले बताए।

त्यस्तै , उद्योगले सहकारीमार्फत नवलपुर र कैलालीमा बीउ र आलु भण्डारण केन्द्र स्थापना गरेको छ। बीउ उत्पादक किसानका लागि क्लाइमेट स्मार्ट बीमा कार्यक्रम ल्याइएको छ। उद्योगले बीउ उत्पादन, शीत भण्डारण, निर्यात प्रवर्द्धन, यान्त्रीकरण र बजार विस्तारमा सरकारी सहयोगको अपेक्षा गरेको छ। कम्पनीका अनुसार आगामी चार वर्षमा नेपालले प्रशोधित आलु आयात ८०–१०० प्रतिशत घटाउन सक्ने र वार्षिक १२ अर्ब रुपैयाँ विदेशी मुद्रा बचत हुनेछ।

FB IMG 1750390321884 AMERICA KHABAR June 20, 2025

Breaking News

Post navigation

Previous Post: नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
Next Post: बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति

Related Posts

  • ज्ञानेन्द्र शाह काठमाडौं फर्कँदै, राजावादीहरू स्वागतको तयारीमा Breaking News
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट Breaking News
  • आज दिउँसो तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा Breaking News
  • suchana 1739074245 3ydaw6 AMERICA KHABAR February 9, 2025
    चलचित्र विकास बोर्डद्वारा बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान Breaking News
  • image 5
    AmericaKhabar: मोन्टाना राज्यमा कम्तीमा २० वटा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु Breaking News
  • उद्योग, व्यापार र कारोबार क्षेत्र धरासायी बन्दै गएको छः अर्थविद् Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रबिको पछि Breaking News
  • image 2
    कोरोना महामारी अन्त्यको घोषणा गर्ने डब्लुएचओको तयारी Breaking News
  • Kura Sida Chha | Pardeshi 2 | Prakash Saput | Pratap Das & Mina Niraula | New Movie Song 2023/2080 Breaking News
  • A Man Has Died From Alaskapox. Here’s What We Know About the Virus
    A Man Has Died From Alaskapox. Here’s What We Know About the Virus english_news
  • प्रधानमन्त्री देउवानिकट नेता लेखक अमेरिका जाँदै Breaking News
  • युएईका उपप्रधानमन्त्री नेपालमा, आज द्विपक्षीय वार्ता हुने Breaking News
  • Yogurt Can Now Claim It May Reduce the Risk of Diabetes
    English News: Yogurt Can Now Claim It May Reduce the Risk of Diabetes Breaking News
  • nepal 🇳🇵 Lumbini📍 #nepal #shorts Breaking News
  • KhabarBreaking.com: रास्वपा संसदीय दलको बैठक जारी Breaking News
  • १ वर्षमा मनसुनजन्य विपद्ले गरेको क्षतिः २६ सय ६२ जनाको मृत्यु, ८८० बेपत्ता र १९ अर्बभन्दा बढी आर्थिक क्षति Breaking News
  • हाम्रा होइन, राम्रा ब्यक्ति छानौं Breaking News
  • Profile and Interviews: पापा सुनो तो 🤦 Papa ki jaan ❤️ #family #love #viral #deemonstudios profile-and-interviews
  • शरीरभरी माटो दलेर रमाउँदै निकोल Breaking News
  • तीन महिनादेखि बिनाहाजिर कर्मचारीलाई तलब Breaking News
  • प्रारम्भिक यौवन: मोटोपनाको कारण समयअघि बढ्दै बच्चाहरू, रोकथामका उपाय Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme