प्रेस पासको दुरुपयोग गर्ने पत्रकारलाई कारबाही गर्ने अध्यक्ष बस्नेतको चेतावनी

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले व्यक्ति र समाजलाई तर्साउन, बार्गेनिङ गर्न र अन्य नराम्रो कामको लागि  प्रेस कार्डको दुरुपयोग नगर्न चेतावनी दिएका छन् । बुधबार (५ भदौ ) काउन्सिलमा भएको एक अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै  उनले समाजलाई तर्साउन र धम्क्याउन नभई सिर्जनात्मक काम गर्न सहजताको  रूपमा प्रेस परिचयपत्र उपलब्ध हुने बताए ।

प्रेस पासको त्यसरी दुरुपयोग गरेको पाइए कुनै पनि पत्रकारलाई कडा कारबाही गर्ने चेतावनी अध्यक्ष बस्नेतले दिए ।अध्यक्ष बस्नेतले पत्रकारले निर्माणका कुरा, सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्न सक्नुपर्ने बताए ।

प्रेस कार्डको दुरुपयोग गरी धम्क्याउने, बार्गेनिङ गर्नेलगायतलाई काउन्सिलले कार्ड खोस्ने, आचारसंहिता कक्षामा सहभागी गराउने, कालोसूचीमा राख्ने, विज्ञापन रोक्नेजस्ता कारबाही काउन्सिलले गर्दै आएको छ ।मिडिया साक्षरताका लागि राज्यले लगानी बढाउनुपर्ने तर्फ सरकारको ध्यान पुग्नुपर्ने उनको भनाई थियो ।

‘डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग गरिए के हुन्छ ?’ पछिल्ला दिन प्रेस पास दुरुपयोगमा छानबिन भइरहेको जानकारी दिँदै अध्यक्ष बस्नेतले भने, ‘मिडियाको प्रेस पास पनि त्यस्तै हो । पत्रकारिताको हितमा समर्पित गर्न पत्रकारलाई प्रेस पास दिइएको हो ।’

उनले सामाजिक सञ्जालमा आएका सूचना र सञ्चार माध्यमका समाचारले आम मानिसमा अन्यौलता र समस्या सिर्जना गरेकाले मिडिया साक्षरता सबैका लागि जरुरी भएको बताए ।

काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाइ आवश्यक नियमन गर्दै आएको छ । युट्युबलाई वर्गीकरण गरी कारबाही समेत हुँदै आएको छ ।

मिडिया साक्षरताका लागि राज्यले लगानी बढाउनुपर्ने तर्फ सरकारको ध्यान पुग्नुपर्ने उनको भनाई थियो ।

प्रेस कार्डको दुरुपयोग गरी धम्क्याउने, बार्गेनिङ गर्नेलगायतलाई काउन्सिलले कार्ड खोस्ने, आचारसंहिता कक्षामा सहभागी गराउने, कालोसूचीमा राख्ने, विज्ञापन रोक्नेजस्ता कारबाही काउन्सिलले गर्दै आएको छ ।

त्यससँगै , साइवर र अन्य अपराधजन्य अभियोगमा  काउन्सिलले अनुसन्धान गर्ने निकायसँग सहकार्य गरी कारबाही गर्दै आएको छ ।

The post प्रेस पासको दुरुपयोग गर्ने पत्रकारलाई कारबाही गर्ने अध्यक्ष बस्नेतको चेतावनी first appeared on Khabar Breaking.

  • Related Posts

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा…

    Read more

    Leave a Reply

    You Missed

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 1 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 1 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 1 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    तीज पर्वको अवसरमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

    • By
    • September 5, 2024
    • 20 views