प्राइम बैंकले बोलायो साधारणसभा

२८ कार्तिक, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश र मर्जरको प्रस्ताव राखेर १७औं वार्षिक साधारणसभा बोलाएको छ । सभा, भद्रकालीस्थित आर्मी अफिसर्स क्लब काठमाडौंमा मंसिर १९ गते बिहान ११ बजेदेखि बस्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ९ गते एक दिन बुक क्लोज गर्नेछ । मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपियाँको करसहित ५ प्रतिशतका दरले ९७ करोड १ लाख २५ हजार ७८६ रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक गृहकार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालकको भत्ता तथा सुविधा थप गर्नेलगायतका विशेष प्रस्ताव पनि समावेश छन् ।

The post प्राइम बैंकले बोलायो साधारणसभा first appeared on Khabar Breaking.

  • Related Posts

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    २१ मंसिर , काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज बिहान काठमाडौं आइपुगेका छन् । निजी भ्रमणको सिलसिलामा यहाँ आएका उनले काठमाडौंमा  स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र…

    Read more

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    २१ मंसिर , काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २९औँ साधारणसभा तथा अधिवेशन शुरु भएको छ। मंसिर २० र २१ गते हुने यस अधिवेशनको सन्दर्भमा पूँजीबजार लगायत समग्र अर्थतन्त्र…

    Read more

    Leave a Reply

    You Missed

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    • By
    • December 6, 2024
    • 7 views

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    • By
    • December 6, 2024
    • 7 views

    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    • By
    • December 5, 2024
    • 7 views
    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    शिक्षा समितिको बैठक आज बस्दैँ

    • By
    • December 5, 2024
    • 7 views

    प्राइम कमर्सियल बैंकको ५% लाभांश सत्रौं साधारणसभाबाट पारित

    • By
    • December 5, 2024
    • 7 views

    Profile and Interviews: Ganpati Bappa Morya 🥹❤️🙏 #ganpatibappamorya #ganeshchaturti #bappa #balganesh #trending