प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

२ साउन , काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानीको लागि सहज हुने नीति लिने  बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्य सम्मिलित  भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारविना विकास सम्भव नभएकाले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने बताएका हुन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भेटमा मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेकोतर्फ प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले जानकारी गराए ।

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रूपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत् लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ थियो । निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गर्नेलगायतका गैर मौद्रिक प्रोत्साहन सरकारले दिन सक्ने अध्यक्ष ढकालको अपेक्षा छ । अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै उनले वाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको पनि बताए ।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै पनि प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिए । अहिले अर्थतन्त्र सम्वद्ध निकायबीचमा समन्वयको अभाव रहेको भन्दै अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको ढकालले बताए ।

तत्काल नै  निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रक लाइन सम्बन्धि विवाद  समाधान गरी उद्यमी, व्यवसायीलाई निर्वाध र सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पनि अध्यक्ष ढकालले बताए ।

The post प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    १९ मंसिर , काठमाडौं  नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल…

    Read more

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    १९ मंसिर , काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी  वर्ल्डलिंकले आफ्ना २५ बर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसेन्सहरु नवीकरण गरेको जानकारी दिएको छ।वर्ल्डलिंक विगत २९ वर्षदेखि…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    • By
    • December 4, 2024
    • 6 views

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    • By
    • December 4, 2024
    • 8 views

    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 4, 2024
    • 2 views
    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    आज स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस

    • By
    • December 4, 2024
    • 8 views

    दुई वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 4, 2024
    • 8 views

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    • By
    • December 4, 2024
    • 8 views