
प्रधानमन्त्री ओलीद्वारा मोदीसमक्ष पहलगाम आतंकवादी हमलाप्रति दुःख प्रकट
१० वैशाख , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा वार्ता गर्दै पहलगाम आतंकवादी हमलाप्रति दुःख प्रकट गरेका छन् । भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि आतंककारीले गरेको आक्रमणको घटनामा एक नेपाली सहित कम्तीमा २६ जनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए ।
प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद पनि दिएका छन् । प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको लडाइँमा भारतको साथमा रहेको प्रष्ट पारेका छन् ।
(- फाइल फोटो )