Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • 300581920 441082557964205 776469563334459405 n LhmZKp
    सुरेश कुमारको कलाः सत्यम्,शिवम्,सुन्दरम् Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 810 | 06 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 810 | 06 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • “शिरै क्यारे पछ्यौरी त” (मारूनी सिँगार्ने शशी) लोकनृत्य | Nawin Khadka Breaking News
  • एनआरएनए एकता महाधिवेशनको निर्वाचन प्रक्रिया वैशाख २०-२२ गतेसम्म ; कार्यतालिका प्रकाशित Breaking News
  • तामाको भाँडोमा राखेको पानी पिउनाका यस्ता छन् फाइदा Breaking News
  • काँग्रेसमा उठ्यो यस्तो माग Breaking News
  • Mayale Odheko Salko | Garau Ramailo | Samikshya Adhikari Breaking News
  • पर्यटन मन्त्री आलेले जनाए यस्तो प्रतिबद्धता Breaking News

प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न

Posted on February 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न

तनहुँ, फाल्गुण ४ । प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न भएको छ । साँगे दर्पण प्रकाशन समितिको आयोजनामा भर्चुअल माध्यमबाट यस सम्मेलन फाल्गुण ३ गते शनिवार आयोजनामा आएको हो । साँगे दर्पणका सम्पादक सरोज ओझाले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको यस सम्मेलन साँगे दर्पणक प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेको सभापतित्वमा सम्पन्न भएको हो ।

सो अवसरमा साँगे दर्पण प्रकाशन समितिकी सदस्य चन्द्रा न्यौपानेले स्वागत मन्तव्य र बालवती शर्मा पण्डितले धन्यवाद ज्ञापन गर्नुभयो थियो भने पूर्व एसएसपि हरिराज वाग्लेले पुस्तक प्रकाशनको कार्य प्रगती, हरिराज वाग्लेले अर्थ संकलन र साँगे काठमाण्डौ सम्पर्क समाजका सचिव विकास भण्डारीले बालन सम्बन्धी जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, पूर्व न्यायधिस कृष्णबल्लभ काफले, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफले, वरिष्ठ अधिवत्ता प्राध्यापक डा. गान्धी पण्डित, वन विशेषज्ञ प्रा. डा. राम पण्डित, बरिष्ठ इन्जिनियर श्रीभद्र वाग्ले, शिक्षासेवी गोपेन्द्र केशरी न्यौपाने, ब्यास नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल श्रेष्ठ, म्याग्दे गाउँपालिका वडा नं ७ का अध्यक्ष वसन्तकुमार श्रेष्ठ, नेता शेषरमण न्यौपाने, नेतृ रविकला खनाल, नेता अत्येन्द्र केशरी न्यौपाने, साँगे काठमाडौं सम्पर्क समाजका अध्यक्ष रामनाथ पण्डित, प्रा. डा. उदयराज वाग्ले, प्रा. डा. अविन ओझा र वन विशेषज्ञ डा. बिष्णुहरि वाग्लेले विशेष वक्ताका रुपमा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

मन्तव्यका क्रममा उहाँहरुले साँगे सम्मेलनको आयोजनाले भाइचारा अभिवृद्धीमा सघाउन पुग्ने राय राख्नुका साथै साँगे सभ्यता संरक्षण तथा विकास अभियान, साँगे दर्पण प्रकाशन जस्ता सन्दर्भहरुले उत्साहित तुलाएको र आ-आफ्नो स्थानबाट रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने, अग्रजहरु पूर्व क्याम्पस प्रमुख प्राध्यापक भोजराज ओझा, गुरु माधवप्रसाद भारद्वाज लगायतले सम्मेलनमा सहभागी हुन नपाए पनि सम्मेलनको सफलताको कामना गर्दै शुभकामना सन्देश पठाउनुभएको थियो ।

आयोजक समिति साँगे दर्पण प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेले यस कदमले साँगे समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरि सम्मेलन आयोजनाको उदेश्य माथि प्रकाश पार्दै उहाँले उत्साहजनक उपस्थितीले हौसला प्रदान गरेको बताउदै भन्नुभयो “खासमा साँगे सभ्यताको ऐतिहासिक, सांस्कृतिक, तथा प्राकृतिक महत्वलाई उजागर गर्दै यसको संरक्षणका लागि ठोस योजना बनाउनु, समुदायका सदस्यहरूलाई एकताबद्ध गर्नु, भावी पुस्तालाई साँगे सभ्यताको महत्त्वबारे सचेत गराउनु र साँगे क्षेत्रको समग्र विकासका लागि रणनीतिक कार्ययोजना तय गर्नु सम्मेलनका मुख्य उद्देश्यहरू हुन र आजको उल्लेख्य उपस्थितीले हामीलाई थप उर्जाशील बनाएको छ’ ।

साँगेबासी एवम् सरोकारवालाहरुको उल्लेख्य सहभागीता रहेको यस ऐतिहासिक सम्मेलनमा स्वागत मन्तव्य, परिचयात्मक सत्र, सहभागी वक्ताहरूको मन्तव्य, क्षेत्रगत संयोजन समिति प्रस्ताव तथा साँगे सभ्यता संरक्षण तथा विकास अभियान घोषणा जस्ता गतिविधिहरू समावेश थिए । यस सम्मेलनले साँगे सभ्यताको संरक्षण, प्रवर्द्धन, र समृद्धिका लागि मार्गचित्र प्रस्तुत गर्न मार्गप्रशस्त गरेको आयोजकको विश्वास छ।

Breaking News

Post navigation

Previous Post: राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
Next Post: नेपाल औषधि थोक व्यवसायी संघमा गणेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

Related Posts

  • शिक्षाको नाममा तीन वर्षमा १ खर्ब बाहिरियो Breaking News
  • ऐतिहासिक क्रान्ति २००७ साल र राज्यसत्तामा जनप्रतिनिधिको सहभागिता Breaking News
  • Jor Kalash (Maharani Nach Maruni) – Bhanu Oli, Jhuma Niraula & Sunita Timalsina | Nepali Song 2023 Breaking News
  • Ae Mann Bhan Malai | Shova Pandey | Pimala Bhattarai | New Song 2024/2080 Breaking News
  • #lahuremaya #shorts #nepalisong Breaking News
  • Bajho Khet Ma | Releasing Friday #ramjikhand #livedohori #lokdohori #shorts Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द Breaking News
  • Profile and Interviews: Toy Blast – 3Damy-3dangers-brick 50s P profile-and-interviews
  • Maya Euta Sanga | Anju Panta | Keki Adhikari | Nepali Adhunik Song #shorts Breaking News
  • शुक्रबारबाट हलमा चन्द्र पन्तको ‘रण’ प्रदर्शनमा आउने Breaking News
  • omnicron
    What we know so far about the omicron variant Breaking News
  • Our Culture Gai Lai Ghas | Paisa Jhare Maruni | Bhanu Oli,Balaram Samal,Anju Gautam,Monika Chudal Breaking News
  • m0rrmo7g sikkim pixabay 625x300 20 January 19
    सिक्किममा, नेपाली भाषालाइ, राष्ट्रिय भाषा घोषणा Breaking News
  • इन्धनको मूल्य बढ्दा सरकारलाई दैनिक थप ५५ लाख आम्दानी Breaking News
  • एमालेको गुल्मी जिल्ला अध्यक्षमा काउछा र सचिवमा श्रीपाली निर्विरोध निर्वाचित Breaking News
  • स्थानीय चुनावमा एक्लै ६० देखि ७० प्रतिशत सिट जित्छौँः ओली Breaking News
  • ओली पर्सा पुग्दा जिल्ला नै एमालेमय बन्यो, पर्सामा ओलीलाई माला लगाएर भव्य स्वागत ! Breaking News
  • #mayestogeetgauchhu #nepalisong #shorts Breaking News
  • आयल निगमको सरकारी कोष रित्तियो Breaking News
  • गण्डकीका एथलेटिक्स खेल लक्षित रेफ्री र निर्णायक ‘सेमिनार’ सुरु Breaking News
  • भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme