
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
१३ फागुन, काठमाडौं । सङ्घीय संसदअन्तर्गत आज (मङ्गलबार) पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे
सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।