२ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृह मन्त्रीसमेत रहेका रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
कास्की जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पक्राउ पुर्जी दिएको थियो । प्रहरी टोली उनलाई पक्राउ गर्न पुर्जी लिएर पार्टी केन्द्रीय कार्यालय पुगेसँगै नेता तथा कार्यकर्ताको भिड लागेको थियो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याई अपचलन गरेको अरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
सोही मुद्दामा प्रहरीले पूर्वडीआईजी तथा गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीमाथि अनुसन्धान जारी राखेको छ । रविलाई पनि प्रहरीले जोशीसँगै अनुसन्धन गर्न पोखरा लैजाने भएको छ ।
The post पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ first appeared on Khabar Breaking.