पीपीए रोकिँदा ऊर्जा क्षेत्र संकटमा, २८ हजार मेगावाट लक्ष्य र यथार्थबीच ठूलो अन्तर : इप्पान अध्यक्ष कार्की

0
34

 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले लिएको २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन लक्ष्य र निजी क्षेत्रको वर्तमान अवस्था बीच ठूलो भिन्नता रहेको बताएका छन्। निजी क्षेत्रले १३ खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसक्दा पनि विद्युत् खरिद सम्झौता (पीपीए) रोकिएको र लाइसेन्स प्रक्रियामा अन्योल कायम रहँदा ऊर्जा क्षेत्र गम्भीर संकटमा परेको उनको गुनासो छ।

कार्कीका अनुसार प्रसारण लाइनको अभाव, प्राकृतिक विपद्, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र वन स्वीकृतिमा हुने ढिलाइका कारण आयोजना सम्पन्न भए पनि उत्पादित बिजुली बेच्न नसक्ने अवस्था सिर्जना भएको छ। यसले सेयर बजारमा ऊर्जा कम्पनीहरूको मूल्य घटेको र लगानीकर्ताहरू निराश बनेको उनले बताए।

उनले सरकारसँग तत्काल पीपीए खुला गर्न, निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन, आरसीओडी म्याद थप गर्न तथा जरिवाना (पेनाल्टी) मिनाहा गर्न माग गरेका छन्।

कार्कीले १० वर्षभित्र २८ हजार मेगावाट उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा मन्त्रालयबाटै प्रभावकारी ‘एकद्वार प्रणाली’ आवश्यक रहेकोमा जोड दिँदै नीति, प्रक्रिया र कार्यान्वयनबीचको दूरी घटाउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here