पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

२४ कार्तिक, काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गर्नु भएको हो ।

राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिनु भयो ।

ुजिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, माननीयज्यू, मेयर ज्यूसहित जनप्रतिनिधिहरू तथा स्थानीयहरूको उल्लेख उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरेका छौं । अब काम द्रुत गतिमा हुन्छ,’ निर्माण कम्पनीका सञ्चालक केदेमले भन्नु भयो ।

पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशीढुङ्गा बन्ने बताउँदै केवलकार निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने मेयर मादेनले बताउनु भयो ।

यस अघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताउनु भयो ।

पौडेलले अबको १५ महिना भित्र केबलकार चड्न पाइने जानकारी दिनु भयो । उहाँका अनुसार पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्नेछ ।

The post पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने first appeared on Khabar Breaking.

  • Related Posts

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    २१ मंसिर , काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज बिहान काठमाडौं आइपुगेका छन् । निजी भ्रमणको सिलसिलामा यहाँ आएका उनले काठमाडौंमा  स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र…

    Read more

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    २१ मंसिर , काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २९औँ साधारणसभा तथा अधिवेशन शुरु भएको छ। मंसिर २० र २१ गते हुने यस अधिवेशनको सन्दर्भमा पूँजीबजार लगायत समग्र अर्थतन्त्र…

    Read more

    Leave a Reply

    You Missed

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    • By
    • December 6, 2024
    • 7 views

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    • By
    • December 6, 2024
    • 7 views

    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    • By
    • December 5, 2024
    • 7 views
    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    शिक्षा समितिको बैठक आज बस्दैँ

    • By
    • December 5, 2024
    • 7 views

    प्राइम कमर्सियल बैंकको ५% लाभांश सत्रौं साधारणसभाबाट पारित

    • By
    • December 5, 2024
    • 7 views

    Profile and Interviews: Ganpati Bappa Morya 🥹❤️🙏 #ganpatibappamorya #ganeshchaturti #bappa #balganesh #trending