पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने

१ असोज,काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने भएको छ । असोज ४ र ५ गते पोखरा रंगशालामा हुने प्रतियोगितामा १६ जना राष्ट्रिय बाइक रेसिङ खेलाडीहरुले भाग लिँदैछन् । यो प्रतियोगिता लायन्स क्लबको आयोजनामा पहिलोपटक हुन लागेको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले जानकारी दिइन् ।

प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्षको जिम्मेवारी मोटर स्पोर्टस् नेपाल क्लबले लिएको छ । प्रतियोगिताको पहिलो दिन असोज ४ गते प्राक्टिस राउन्ड हुने र दोस्रो दिन ५ गते प्रतियोगिता हुने डिष्ट्रिक्ट ३२५ जे का स्पोर्टस् चिफ लायन अनिल कुमार बरालले जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कप र नगद पुरस्कार प्रदान गरिनेछ भने सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिने चिफ पिआरओ लायन रामराजा थापाले बताए । खेलको संयोजन भने लायन्स क्लब अफ काठमाडौं युनाईटेड स्टार्स र लायन्स क्लब अफ पोखराले गरिरहेका छन् ।

समाजसेवामा सक्रिय लायन्स क्लबले युवा शशक्तिकरणमा जोड दिँदै मोटर स्पोर्टस्को प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरेको डिष्ट्रिक्ट स्पोर्टस् को चिफ लायन शिव श्रेष्ठले जानकारी दिए ।

The post पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न