२३ असोज ,काठमाडौं । पशुपती रेन्यूएवल्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष डा. संदिप शाहको अध्यक्षतामा मंगलबार( २२ असोज ) नक्साल, काठमाडौंमा सम्पन्न सो साधारण सभाले कम्पनीको संचालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ।
त्यसैगरी, साधारणसभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०८०/०८१ को वित्तीय विवरण , नयाँ संचालक सदस्यको चयन, आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका वििषय पारित गरेको छ।
हाल कुल स्वपूँजी रु. ७२ करोड रहेको सो कम्पनीले अर्को वित्तीय संस्थासङ्ग रु. १ अर्ब ३२ करोड ६० लाख रुपैयाँ कर्जा सुबिधाहरु लिने सम्झौता गरि आयोजना अगाडी बढाएको जनाएको छ।
कम्पनीले पहिलो र दोश्रो ठेक्का सम्झौता गरि हाल सम्मको को भौतिक प्रगती ४३.९७ प्रतिशतको भएको र १५ प्रतिशत खर्च भएको जनाएको छ। पहिलो आयोजना अन्तर्गत आगामी पौष तथा दोश्रो आयोजना अन्तर्गत चैतमा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको जनाएको छ ।
The post पशुपती रेन्यूएवल्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.