पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

काठमाडौं । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २४औं वार्षिक साधारणसभा सम्पन्न गर्दै देवेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ । ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय रहेको यस संस्थाले भदौ २२ गते ,शनिबार काठमाडौंमा साधारणसभा सम्पन्न गरेको हो।

साधारणसभामा उपनिर्वाचनबाट नवनिर्वाचित संचालक समितिको उपाध्यक्षमा अनिता सिद्धी बज्राचार्य , सचिवमा नारायण पौडेल , कोषाध्यक्षमा राम प्रसाद गिरि रहेका छन् । त्यस्तै सदस्यहरु जीवन देवी शाक्य , भोलानाथ ढुंगाना , र राजेन्द्र शाक्य रहेका छन् । संस्थाका तत्कालीन अध्यक्ष अशोक बज्राचार्यको गत फागुनमा भएको आकस्मिक निधनपछि देवेन्द्र प्रसाद श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी वहन गरेका थिए।

सभाले संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आ. व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।

समिक्षा आर्थिक वर्षमा शेयर पूँजी रु. १८ करोड २८ लाख २७ सय रहेको यस संस्थाको कूल कारोबार २ अर्ब ७५ करोड ८२ लाख ५३ हजार ७ सय ६२ रुपैया रहेको छ। संस्थाको खुद नाफा रु. ३ करोड ७८ लाख ७९ हजार रहेको छ।

ललितपुरको कुमारीपाटीमा मुख्य कार्यालय रहेको यस सहकारीको काठमाडौंका सरस्वतीनगर, कोटेश्वर र न्युरोड ; ललितपुरको चापागाउँ र भक्तपुरको सूर्यविनायकमा सेवा केन्द्र रहेका छन् ।

The post पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न