Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 282 | 23 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep- 282 | 23 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Pashupati Sharma Hit Song Collection | Aaija Oye Kaal & Kuri Kuri Breaking News
  • KhabarBreaking.com: बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय, बसन्तपुरमा शुभारम्भ घोषणा समारोह हुने Breaking News
  • Meri Bassai मेरी बास्सै Ep- 721 Breaking News
  • बहुमतको सरकार निर्माणमा जुट्न प्रधानमन्त्री देउवाको आह्वान Breaking News
  • सन्देशमुलक गीत ‘खोजी हिडे’ बजारमा Breaking News
  • maxresdefault 90
    Jay Naari Nepali Stand-Up Comedy Breaking News
  • amerika khabar bold 2
    सर्वोच्चमा पहिलोपटक गोलाप्रथाबाट पेसी तोकियो Breaking News
20250222 115612 2 scaled AMERICA KHABAR February 23, 2025

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

Posted on February 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

११ फागुन , काठमाडौं ।   नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा डा  जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताउनु भएको छ । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष प्रा डा अन्सारीले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदानको कदर गर्नुपर्ने बताउनु भयो ।

सरकारले जनताका लागि ल्याएको निःशुल्क स्वास्थ्य सेवाका अभियानहरु सफल पार्न निजी मेडिकल कलेजहरुले महत्वपूर्ण योगदान दिएको उहाँको भनाई छ । प्रा।डा। अन्सारीले कलेजमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य कार्यक्रम, सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम, कर्मचारी सञ्चय कोष स्वास्थ्य कार्यक्रम, नेपाल सरकार बीमा कार्यक्रम तथा विपन्न नागरिकको स्वास्थ्य सेवा कार्यक्रम सूचारु रहेको जनाउनु भयो ।20250222 115612 2 scaled AMERICA KHABAR February 23, 2025

कलेजको २५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष प्रा डा अन्सारीले कलेजले दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा चिकित्सा क्षेत्रमा नविन सोध र अनुसन्धानहरु गर्न टेवा दिएको जिकीर गर्नुभयो । कलेजको वार्षिक प्रतिवेदन पेश गर्दै उहाँले आगामी आर्थिक वर्षभित्रै मुटु रोगको उपचारका लागि क्याथ ल्याब, क्यान्सर उपचारका लागि अंकोलोजी सेवा विस्तार गरिने जानकारी दिँदै ३.५ टेस्ला एमआरआई र १२८ स्लाइसको सिटी क्यान उपकरण केही महिनाभित्रै जडान हुने बताउनु भयो ।

साथै उहाँले गत वर्षको बार्षिक साधारण सभामा आफुले व्यक्त गरिएका धेरै योजनाहरु कार्यान्वयन भएको जनाउँदै आगामी वर्षहरुमा कलेजलाई अझ नयाँ उचाईमा लैजाने बताउनु भयो । उहाँले चिकित्सा शिक्षातर्फ नयाँ विषयहरु थप गरिएको, सिट संख्यामा बृद्धि भएको पनि जानकारी दिनुभयो । भौतिक पूर्वाधारमा डेण्टल कलेजको नयाँ भवन निर्माण सम्पन्न भई सूचारु भइसकेको, सी ग्रेडको ल्याबलाई बी ग्रेडमा अपग्रेट गरिएको, अस्पताल भित्रै २४ ब्लड बैंक स्थापना गरिएकोले आउँदा दिनहरुमा कलेजको स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा थप बृद्धि हुने विस्वास व्यक्त गर्नुभयो ।

साधारण सभामा बोल्दै कलेजका प्रबन्ध निर्देशक डा साविहा यासमिनले नेपाल मेडिकल कलेजको शैक्षिक, स्वास्थ्य क्षेत्र र प्रशासनिक सेवा सुधार्न आफुहरुले चालेका योजनाहरु सफल हुँदै गएको र त्यसमा सबैले साथ सहयोग गरेको बताउनु भयो । आगामी दिनहरुमा कलेजलाई नयाँ उचाईमा पुर्याउन सबैको सकारात्मक सल्लाह सुझाबको अपेक्षा गरिएको उहाँको भनाई छ ।

साधारण सभामा कलेजका सञ्चालक समिति सदस्य डा। भोला रिजाल, डा आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारीले पनि सबैको सहकार्य र सहयोगले कलेज अगाडी बढाउने बताउनु भयो ।

कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । साधारण सभाका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को खूद मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७ सय ४७ रुपैंया कर सहितको नगद लाभांश स्वीकृत गरेको छ । साथै, साधारण सभाले यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित समेत गरेको छ ।

 

Breaking News

Post navigation

Previous Post: नेपालको स्वाधीनता र आत्मनिर्भरता सम्बन्धी चुनौती
Next Post: नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना छः अध्यक्ष ढकाल

Related Posts

  • ग्यास बिक्रेता संघको छैठौं महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुँदै Breaking News
  • Finance Secretary Toyam Raya met with Deputy Vice President of MCC Jonathan Brooks Breaking News
  • hqdefault up9NqO
    Swasthani Brata Katha EPISODE 4 || स्वस्थानी कथा भाग ४ | sostani barta katha 2079 Om Tv Nepal Breaking News
  • किसान लघुवित्तको जाल्पा सामुदायिकसंग मर्जरको प्रस्ताव पारित
    KhabarBreaking.com: किसान लघुवित्तको जाल्पा सामुदायिकसंग मर्जरको प्रस्ताव पारित Breaking News
  • #banaimachari #nepalisong #shorts Breaking News
  • maxresdefault 1
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali ए यो त दुखको कुरा पो रेछ त | Meri Bassai | Magne Buda | Dari Ba #shortsvideo #shorts Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Nepal is the next filmmaking destination. Breaking News
  • Profile and Interviews: Tinku princess 👑 transformation profile-and-interviews
  • नेपाली भाषा क्लास
    नर्थन क्यालिफोर्निया बे-एरियाको नेपालि भाषा क्लासमा नयाँ प्रिन्सिपल Breaking News
  • Notice on Revenue Rates in Russian ruble for the Consular Services rendered by the Embassy of Nepal, Moscow Breaking News
  • राजेश हमाल र प्रचण्डबीच भेटवार्ता Breaking News
  • बर्तमान राजनीति समस्याको समाधान संवाद र सहमती Breaking News
  • maxresdefault 36
    LAPPAN CHHAPPAN Nepali Full Movie Breaking News
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे भब्य भाषण Breaking News
  • सुनचाँदीको मुल्य घट्यो Breaking News
  • Abortion Restrictions Hurt Women’s Mental Health english_news
  • “कोशीका किनारमा के फुलै फूल्यो – सँगीनी गीत” | Nawin Kumar Khadka Breaking News
  • Yo Samjhine Mann Chha | Arun Sunar | Tribute to Narayan Gopal | Dinesh Adhikari Breaking News
  • Tala Tala | Dhurba Bisko | Saru Gautam | New Nepali Song 2023 | Binod Neupane & Anisha Neupane Breaking News
  • अपन राधेमाई फाइनलमा Breaking News
  • सूचनाको हक र सकारात्मक सोच विषयक अन्तरक्रिया Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme