नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

४ असोज , काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज शुक्रबार सम्पन्न हुँदैछ। एशोसिएशनका अध्यक्ष ई. ऋषि कोइरालाको सभापतित्व र संस्थापक अध्यक्ष ई. वसन्त रमण रजौरियाको प्रमुख आतिथ्यमा मूलपानी , काठमाडौंमा अधिवेशनको समुद्घाटन भएको छ।

अधिवेशनले संस्थाको पाचौं कार्यसमितिका प्रस्तावहरु तथा आर्थिक प्रतिवेदन छलफल र सुझावसहित पारित गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै अधिवेशनले संस्थाको छैठौं कार्यसमितिको पनि चयन गर्नेछ। उद्घाटन सत्रमा मन्तव्य राख्दै संस्थाका सबै प्रदेशका अध्यक्ष तथा प्रतिनिधिहरुले सहमतिमा नै अध्यक्ष सहितका कार्यसमितिको चयन हुनुपर्नेमा जोड दिए। संस्थामा राजनीतिक आस्था र गुटको आधारमा नभई पेशागत एकता कायम हुनुपर्नेमा उनिहरुको जोड रहेको छ।

कार्यक्रममा अध्यक्ष कोइरालाले संस्थाको सुदृढीकरण र चुस्त कार्यसम्पादनको लागि सातै प्रदेशमा केन्द्रको तर्फबाट संयोजक तोकी जिम्मेवारीसहित समिति गठन गरिएको बताए । यसैगरी , विभिन्न उपसमितिहरु गठन गरी संस्थाको काम प्रभावकारी गरिएको, प्रदेश कमिटी अन्तर्गत च्याप्टर गठन गर्ने र पुनः च्याप्टर अन्तर्गत जिल्ला इकाई गठन गर्दै जाने योजना लिइएको उनले जानकारी गराए।

त्यस्तै , NVA का विभिन्न सदस्यहरुलाई बैंकको कालोसूचीबाट हटाउन भुमिका खेलेको , प्रदेश तथा च्याप्टर कार्यविधि – २०८० तयार गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष कोइरालाले बताए ।

The post नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न