नेपाल-भारत सैन्य हित सम्बन्धि वार्ता आज

६ मंसिर , काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार काठमाडौं आइपुगेका भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीसंग नेपाल र भारतका  सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै द्विवेदीलाई नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका थिए ।

पाँचदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलिबच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले बताएका छन् ।

उनले आज बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न समेत प्राप्त गर्नेछन् । नेपाल र भारतीय सेनाबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने परम्परा छ । भारतीय सेनाध्यक्ष द्विवेदी ९ मंसिरसम्म नेपालमा रहने छन् । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यसभन्दा अघि उनी उत्तरी क्षेत्रको सेनाको कमाण्डर थिए, त्यहाँ उनले जम्मु–कश्मिर र लद्दाखको रणनीतिक रुपमा महत्वपूर्ण मानिने क्षेत्रको नेतृत्व गरेका थिए। द्विवेदीको यो पहिलो औपचारिक नेपाल  भ्रमण हो ।

The post नेपाल-भारत सैन्य हित सम्बन्धि वार्ता आज first appeared on Khabar Breaking.

  • Related Posts

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    २१ मंसिर , काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज बिहान काठमाडौं आइपुगेका छन् । निजी भ्रमणको सिलसिलामा यहाँ आएका उनले काठमाडौंमा  स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र…

    Read more

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    २१ मंसिर , काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २९औँ साधारणसभा तथा अधिवेशन शुरु भएको छ। मंसिर २० र २१ गते हुने यस अधिवेशनको सन्दर्भमा पूँजीबजार लगायत समग्र अर्थतन्त्र…

    Read more

    Leave a Reply

    You Missed

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    • By
    • December 6, 2024
    • 7 views

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    • By
    • December 6, 2024
    • 7 views

    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    • By
    • December 5, 2024
    • 7 views
    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    शिक्षा समितिको बैठक आज बस्दैँ

    • By
    • December 5, 2024
    • 7 views

    प्राइम कमर्सियल बैंकको ५% लाभांश सत्रौं साधारणसभाबाट पारित

    • By
    • December 5, 2024
    • 7 views

    Profile and Interviews: Ganpati Bappa Morya 🥹❤️🙏 #ganpatibappamorya #ganeshchaturti #bappa #balganesh #trending