Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • निषेधात्मक कानुनको सट्टा सन्तुलित र व्यवहारिक नीति ल्याउन सरकार र सांसदहरूलाई ढकालको सुझाव Breaking News
  • शिक्षक सेवा आयोगले ठूलो मात्रामा खुलायो शिक्षकका लागि विज्ञापन Breaking News
  • Pakheta By Muralidhar | Nepali Song Breaking News
  • माओवादीको केन्द्रीय समिति बैठक सुरु, प्रचण्डले जवाफ दिँदै Breaking News
  • फोहोरबाट मिथेन ग्यास उत्पादन Breaking News
  • सार्वजनिक कार्यक्रममै झलनाथ खनाल र सुवास नेम्वाङको सवाल-जवाफ Breaking News
  • चीनले बन्द गरेका नाका तत्काल खोल्ने Breaking News
  • स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई अध्यक्ष ओलीले दिए यस्तो निर्देशन Breaking News

नेपाल ‘एफएटीएफ’ को ‘ग्रे लिस्ट’ बाट निर्धारित समय अगाडि नै बाहिर निस्कन्छ: अर्थमन्त्री

Posted on February 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on नेपाल ‘एफएटीएफ’ को ‘ग्रे लिस्ट’ बाट निर्धारित समय अगाडि नै बाहिर निस्कन्छ: अर्थमन्त्री

११ फागुन , काठमाडौं । गत शुक्रबार नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ । फ्रान्सको फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूचीमा राखेको हो ।सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न खडा गरिएको एफएटीएफ अन्तरसरकारी निकाय हो  जसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याक तथा ग्रे लिस्टमा राख्ने गर्छ ।

नेपाल ग्रे लिस्टमा परेपछि उपप्रधानमन्त्री  तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  निर्धारित समय अगावै अर्थात दुई वर्षभित्र नै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने दाबी गरेका छन्। फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल निर्धारित कार्ययोजना पूरा गरेर चाँडै नै बाहिरिने बताएका हुन्।

अर्थमन्त्री पौडेलले भने, “विगतमा निर्धारित समयमा आवश्यक सुधारका काम पूरा गर्न नसक्दा यो परिस्थिति आएको हो। अहिले भने ‘एक्सन प्लान’ स्वीकृत भइसकेको छ। सोही अनुसार प्रभावकारी रूपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कनेछौं।” नेपाललाई ग्रे लिष्टबाट मुक्त गर्न वित्तीय कारोबार पारदर्शी बनाउने, अवैध सम्पत्ति शुद्धीकरण नियन्त्रण गर्ने, आतंकवाद वित्त पोषण रोकथाम गर्ने र अन्य आवश्यक कानुनी सुधार गर्ने योजना अघि बढाइएको छ।

एफएटिएफको नियमअनुसार वित्तीय प्रणाली पारदर्शी बनाउन आवश्यक नीतिगत सुधार गर्नुपर्ने हुन्छ। नेपालले बैंकिङ प्रणाली सुधार, सम्पत्ति शुद्धीकरण नियमन तथा अनुगमन मजबुत बनाउने र अन्तर्राष्ट्रिय मान्यताअनुसार वित्तीय कारोबार सुरक्षित बनाउनुपर्ने बताइएको छ।

नेपाल ग्रे लिष्टमा परेपछि वैदेशिक लगानी, अन्तर्राष्ट्रिय बैंकिङ कारोबार, तथा वित्तीय सम्बन्धमा असर पर्ने बताइएको छ। विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न हिच्किचाउने सम्भावना पनि छ। त्यसैले, सरकारले सम्बन्धित निकायहरूलाई ‘एक्सन प्लान’ कार्यान्वयनमा प्रभावकारी रूपमा जुट्न निर्देशन दिएको छ।

सरकारले बैंक तथा वित्तीय संस्थाहरूलाई कडाइका साथ नियमन गर्ने, अवैध कारोबारमा निगरानी बढाउने, र अन्तर्राष्ट्रिय कानुन अनुरूप कानुनी सुधार ल्याउने योजना बनाएको छ। यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, तथा अन्य नियामक निकायहरूलाई सक्रिय रूपमा परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।

नेपाल अघिल्लो पटक २०२१ मा ग्रे लिष्टबाट मुक्त भएको थियो। तर, पुनः २०२५ मा सूचीमा परेको छ। सरकारले आवश्यक सुधारात्मक कदम चालेमा निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट मुक्त हुन सक्ने विश्वास गरिएको छ।

Breaking News

Post navigation

Previous Post: आजदेखि केपी ओली कप फुटबल प्रतियोगिता  हुँदै
Next Post: साइबर सुरक्षामा क्रियाशील संस्था ‘एनपी-सर्ट’ मा डा राजीव सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Related Posts

  • एमालेका यी नेताहरु पुग्दैछन निर्वाचन आयोग, संघीय चुनावका लागि आज दल दर्ता गर्दै Breaking News
  • #nisthurilechhadera #nepalisong #reels Breaking News
  • जसपा बहुपदीय व्यवस्थामा नजाने Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्रीसँग सभामुख घिमिरेले छलफल गर्दै Breaking News
  • शिवप्रसाद सत्यालको नेतृत्वमा अनलाइन पत्रकार संघको नयाँ कार्यसमिति निर्विरोध चयन Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: चलचित्र महापुरुषबाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाए Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • USA Immigration – Nepali singer Aastha Raut sent back, VISA issue; New Year Program in Lancaster Breaking News
  • maxresdefault 8
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मिस पबिको कुरा | Miss pabi | Pabi Shaki | Meri Bassai | Nepali Comedy #Shorts #shortsvideo Breaking News
  • Timi Bina – Joheb Manandhar | Nepali Song #shorts Breaking News
  • कांग्रेस रहन्छ, कम्युनिष्ट सकिन्छन्, जसपा मूलधार बन्छः डा बाबुराम भट्टराई Breaking News
  • कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन Breaking News
  • Latthak “लट्ठक” Official Trailer Watch On Youtube Breaking News
  • उपेन्द्र यादवले दिए यस्तो निर्देशन, उम्मेदवार बन्न तोकियो मापदण्ड Breaking News
  • प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै Breaking News
  • लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै Breaking News
  • केयु योग साधना केन्द्रको १३ औँ बार्षिकोत्सव सम्पन्न Breaking News
  • Bear Mountain || The Vessel || One WTC || Riyasha Travel (Nepal🇳🇵to USA 🇺🇸) Breaking News
  • Request of the Embassy of Nepal in Washington, D.C. to all Nepalis living in the US for participating in a Diaspora study survey Breaking News
  • Yo Samjhine Mann Chha | Arun Sunar | Tribute to Narayan Gopal | Dinesh Adhikari Breaking News
  • सुनको मूल्य तोलामा दुई सयले वृद्धि Breaking News
  • सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme