१ असोज, वीरगञ्ज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन भएको छ । रजत बजाजको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेशको गठन गरिएको हो ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरमा अनुनय रुंगटा लर्निंग चेयर, दिपक साह स्टार्ट अप चेयर, आयुषी तुल्स्यान कम्युनिकेशन एण्ड नेटवर्क चेयर, मोहित खण्डेलवाल फाइनान्स चेयर र तनुश्री अग्रवाल मेम्बरशिप चेयर रहेका छन् ।
वीरगञ्जको आदर्शनगरस्थित होटल लर्डस दियालोमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री शतिष कुमार सिंहले मधेश प्रदेश च्याप्टरको उद्घाटन गरेका हुन् ।
The post नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन first appeared on Khabar Breaking.