नेपालमा लगानीका लागि ओपेक फण्डलाई अध्यक्ष ढकालको आग्रह

१२ असार , काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेकाले  लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गरेका छन्।अष्ट्रियाको भिएनामा मंगलबार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले  ओपेक फण्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताएका हुन् ।

अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताएका छन्। उनले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गरे।

ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानीको ठूलो सम्भावना रहेको बताए।

नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालिन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै ढकालले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पुर्‍याउने हुँदा जलविद्युत तथा नवीकरणीय ऊर्जामा लगानीको अवसर रहेको बताए। त्यसैगरी उनले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे।

उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए।

नेपाल सरकारले हालै लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरू संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे।

त्यसैगरी, महासंघको पहलमा दुई पक्षीय लगानी (बिआइए) फ्रेमवर्क तयार भई मन्त्रिपरिषदबाट पारित समेत भइसकेको छ। यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ।

मुलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुबईमा बिजनेस समिटको आयोजना गरेको बताए।

उनले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरू विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताए।

ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफाले नेपालमा ओपेक फण्डले गरेका लगानीको चर्चा गर्दै नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत तथा साना तथा मझौला उद्योगको प्रवर्द्धनमा ओपेक फण्डले थप लगानी गर्न तयार रहेको बताए। त्यसैगरी, उपाध्यक्ष तारेक अलनासरले ओपेक फण्ड नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको बताए।

ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मंगलबार हस्ताक्षर गरेका छन्।

The post नेपालमा लगानीका लागि ओपेक फण्डलाई अध्यक्ष ढकालको आग्रह first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    ४ असोज , काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज शुक्रबार सम्पन्न हुँदैछ। एशोसिएशनका अध्यक्ष ई. ऋषि कोइरालाको सभापतित्व र संस्थापक अध्यक्ष ई. वसन्त रमण रजौरियाको प्रमुख आतिथ्यमा मूलपानी…

    Read more

    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    काठमाडौँ । नेपाली  पर्यटनको केन्द्र  पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०२५ समेतको  अवसरमा आगामी पुस ९…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    • By
    • September 20, 2024
    • 1 views
    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    Profile and Interviews: Orange juice popsicle #icecream #homemade #popsicle #shorts @Itsmuntahakhanam

    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    • By
    • September 20, 2024
    • 8 views
    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

    • By
    • September 20, 2024
    • 10 views

    एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

    • By
    • September 19, 2024
    • 13 views

    स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत

    • By
    • September 19, 2024
    • 15 views