काठमाडौँ । काठमाडौँमा पहिलो पटक नेपालमा नै उत्पादित अर्गानिक स्याउको मेला आयोजना हुने भएको छ । मंगलबार (८ असोज ) गरिएको पत्रकार सम्मेलनमा किसान भेन्चरले ठमेलको होटेल मनाङको सहकार्यमा सो मेला आयोजना गर्न लागेको जानकारी दिइएको हो। मेलाको लागि ठमेल पर्यटन विकास परिषदको पनि सहकार्य रहनेछ ।
मेला असोज १७ गतेदेखि तीनसम्म चल्नेछ। किसान भेन्चरले नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न नेपाल एप्पल फेस्ट २०२४ आयोजना गरिएको जनाएको छ ।
महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लामा उत्पादन भएका १५ प्रकारका स्याउहरु राखिने किसान भेन्चरका सिइओ राजेश कार्कीले जानकारी दिए ।
विभिन्न कारणले नेपालमा उत्पादीत स्याउले बजारीकरणको अभाव झेल्नुपरेको र ९० प्रतिशत स्याउ चीन र भारतबाट आयात हुने गरेको उनले बताए ।
स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क गराउने उदेश्यका साथ मेलाको आयोजना गरिएको उनको भनाइ छ । मेला ठमेलस्थित होटल मनाङमा आयोजना हुने बताइएको छ ।
The post नेपालमा नै उत्पादित अर्गानिक स्याउको मेला असोज १७ गतेदेखि first appeared on Khabar Breaking.