नेतृत्व विकास कार्यक्रम गोरखामा शुक्रवार देखि शुरु

५ भदौं गोरखा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबका अध्यक्षहरुका लागि नेतृत्व विकास कार्यक्रम (डिएलएलआई) गोरखामा शुक्रवार देखि शुरु भएको छ ।

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर विनोद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको एक समारोह बीच लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले उद्घाटन गरेका छन् । नेतृत्व विकास कार्यक्रममा सार्वजनिक भाषण तथा उद्घोषणकला, नेतृत्व विकास, लायनवादका आधारभूत सिद्धान्त, डिष्ट्रिक्टको यस बर्षको नारा मानवता पहिलो प्राथमिकता सहित क्लबको उत्कृष्टताका लागि सामूहिकता, नेतृत्व विकास सम्वन्धी विभिन्न अभ्यास लगायतका विषयमा एलसीआइएफ एरिया लिडर राजन लम्साल, मल्टीपल डिष्ट्रिक्ट को(अर्डिनेटर डि।के। ढुङ्गाना, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व डिष्ट्रिक्ट गर्भनरहरू दिनेश श्रेष्ठ, इन्दु लम्साल, मोटिभेसनल स्पिकर नर बहादुर कार्की, डिष्ट्रिक्ट गर्भनर विनोद ढुङ्गाना,डिएलएलआई चिफ एवं डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे लगायतले सहजीकरण गर्ने छन् ।

कार्यक्रममा डिष्ट्रिक्टका ८६ वटा क्लब अध्यक्षको सहभागीता रहेको डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले जानकारी दिए । कार्यक्रम शुरु हुन अघि गोरखा बजारको हरमटारी चोकबाट बाजासहितको लायन्सको र्रयालीले बजार परिक्रमा गरेको थियो ।

The post नेतृत्व विकास कार्यक्रम गोरखामा शुक्रवार देखि शुरु first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न