नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति

१८ असार ,काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार मध्यरातमा दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएको हो ।

काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार  बनाउने सहमति भएकाे हाे ।

कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।

सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् ।

ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो ।  छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३/३ वटा सरकार बाँडेका छन् । मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ ।

उनीहरुले संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार गरेका छन्, जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी छ ।

प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ । पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ । संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने उनीहरुले तयारी गरेका छन् ।

प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे उनीहरुबीच छलफल भएको छ । देउवा र ओलीले हस्ताक्षर गरेर सहमतिलाई पूर्णता दिने तयारी छ ।

The post नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति first appeared on Khabar Breaking.

  • Related Posts

    सुनको मूल्य बढ्यो

    २३ कार्तिक, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य हिजो एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी…

    Read more

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    २२ कार्तिक , काठमाडौं । यही ५ नोभेम्बरमा सम्पन्न भएको सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्। पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन…

    Read more

    Leave a Reply

    You Missed

    सुनको मूल्य बढ्यो

    • By
    • November 8, 2024
    • 1 views

    Profile and Interviews: End Mein Anaya Ke Sath Kya Hua 😳

    Profile and Interviews: Bakın baba nasıl ceza aldı

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    • By
    • November 7, 2024
    • 14 views

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    • By
    • November 7, 2024
    • 14 views

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 16 views