निर्माण व्यवसायीको रकम भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण

२४ असार , काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आर्थिक वर्ष २०८०/८१ सकिन लाग्दा समेत निर्माण व्यवसायीहरूको ठूलो रकम राज्यले भुक्तानी गर्ने तर्फ  पहल नभएकोमा असन्तुष्टि  जनाएको छ।

यही विषयमा हालै पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष रवि सिंहले राज्यको गैरजिम्मेवार रवैयाले निर्माण व्यवसायीले आत्महत्या गर्नुपर्ने अवस्था आएको बताए । ‘एकातिर भुक्तानी छैन अर्को तिर चक्रिय ब्याजको मारमा छौं। निर्माण व्यवसायी तनावका कारण आत्महत्या गर्ने अवस्थासम्म पुगेका छौं,’ महासंघका अध्यक्ष रवि सिंहले भने।

सार्वजनिक खरिद नियमावलीको १३औं संशाेधनपछि म्याद थपिएका आयोजनाको ४० अर्ब र चालु आयोजनाको निर्माणमा बजेट अपुग तथा निकासा नभएको कारण लामो समयदेखि बाँकी भएको करिब २० अर्ब गरी जम्मा ६० अर्ब रूपैयाँ राज्यले व्यवसायीहरूलाई भुक्तानी दिन बाँकी रहेको महासंघले जनाएको छ।

यसरी निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेन नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू बन्द हुने स्थिति रहेको महासंघका महासचिव रोशन दाहालले बताए।

‘राज्यले दिनुपर्ने कुनै पनि सहुलियत नदिई उल्टै व्यवसायीहरूलाई दिनहुँ कालोसूचीमा राखिएबाट उनीहरूमा गम्भीर मनोवैज्ञानिक निराशा बढ्दै गई व्यवसायीले आत्महत्या समेत गर्न चालेको अत्यन्त पीडादायी परिस्थिति बनेको छ,’ उनले भने।

भुक्तानी नपाएकै कारण डडेल्धुराका निर्माण व्यवसायी डम्बरदत्त भट्ट (सन्तोष) ले असार १५ गते आत्महत्या गर्न बाध्य हुनु परेको जानकारी गराए।

यही असारको १४ गतेदेखि अर्थ मन्त्रालयबाट रकमान्तर र थप बजेट भुक्तानीसम्बन्धी कुनै पनि फाइल अगाडि नबढेको अवस्था औंल्याउँदै यसबाट राज्यको पुँजीगत खर्चको सूचकांक नकारात्मक हुने उनले बताए।

भुक्तानीको गम्भीर समस्या देखिएकाले असारभित्रै भुक्तानी गर्न व्यवसायीहरूले सरकारलाई आग्रह गरेका छन्।

 

The post निर्माण व्यवसायीको रकम भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    १९ मंसिर , काठमाडौं  नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल…

    Read more

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    १९ मंसिर , काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी  वर्ल्डलिंकले आफ्ना २५ बर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसेन्सहरु नवीकरण गरेको जानकारी दिएको छ।वर्ल्डलिंक विगत २९ वर्षदेखि…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    • By
    • December 4, 2024
    • 6 views

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    • By
    • December 4, 2024
    • 8 views

    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 4, 2024
    • 2 views
    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    आज स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस

    • By
    • December 4, 2024
    • 8 views

    दुई वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 4, 2024
    • 8 views

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    • By
    • December 4, 2024
    • 8 views