नारायणी रङ्गशालाको जीर्णोद्धारका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न खानेपानी मन्त्री यादवको आग्रह

२९ साउन,काठमाडौँ । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आज युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीसँग भेट गर्दै गृह नगर वीरगञ्जस्थित नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ ।

मङ्गलवार पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा रहेको टोलीसहित युवा तथा खेलकुद मन्त्रालय पुग्नुभएका मन्त्री यादवले वीरगञ्जको गौरवशाली इतिहास र पहिचानसँग जोडिएको नारायणी रङ्गशालाको महत्त्वलाई औँल्याउँदै यसको शीघ्र जीर्णोद्धार र पुनर्निर्माणको आवश्यकता रहेको बताउनुभयो ।

छलफलका क्रममा मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि रङ्गशालाका लागि बजेट व्यवस्थापनको विषयमा छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले रङ्गशालाको पुनर्निर्माणले स्थानीय खेलकुद गतिविधिको प्रवर्द्धन गर्नुका साथै क्षेत्रीय खेलकुद पर्यटनको विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवले नारायणी रङ्गशालाको जीर्णोद्धारका लागि जग्गा विवाद समाधान गर्न आवश्यक मुआब्जा वितरण प्रक्रिया अघि बढाउन पनि आग्रह गर्नुभएको थियो । यसका लागि उहाँले अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रस्ताव राख्नुभयो ।

जवाफमा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले वीरगञ्जको इतिहाससँग जोडिएको नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि आफूले हरेक सम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, जग्गा विवाद समाधान गर्न मुआब्जा वितरण प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयसँग समन्वय गर्ने जानकारी पनि दिनुभयो । पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले मन्त्री यादवको प्रयासले रङ्गशालाको पुनर्निर्माणमा सकारात्मक प्रतिफल दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

The post नारायणी रङ्गशालाको जीर्णोद्धारका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न खानेपानी मन्त्री यादवको आग्रह first appeared on Khabar Breaking.

  • Related Posts

    आज सुनको मूल्य घट्यो

    २३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २०० रुपैयाँले घटेको…

    Read more

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    २३ भदौ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर रास्वपाले गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताएका छन्  ।…

    Read more

    Leave a Reply

    You Missed

    आज सुनको मूल्य घट्यो

    • By
    • September 8, 2024
    • 0 views

    ‘रास्वपाले सरकारमा बसेर गरेका राम्रा कामले पुराना पार्टी तर्सिए’: उपसभापति अर्याल

    • By
    • September 8, 2024
    • 8 views

    राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

    • By
    • September 8, 2024
    • 8 views

    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    • By
    • September 8, 2024
    • 2 views
    पञ्चशील बहुउद्देश्यीय सहकारीमा देवेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन

    चलचित्र विकास बोर्डका अध्यक्षमा दिनेश डीसी नियुक्त

    • By
    • September 6, 2024
    • 18 views

    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि

    • By
    • September 6, 2024
    • 19 views
    रिलायन्स फाइनान्सको चौधौं साधारणसभा सम्पन्न ; निक्षेप र कर्जा लगानीमा वृद्धि