नाडा अटोमोवाइल्स् एशोसिएशनले दियो मौद्रिक नीतिमा समेट्न सात बुँदे सुझाव

२६ असार , काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल(नाडा) ले नेपाल राष्ट्र बैंक समक्ष अटोमोवाइल क्षेत्रका विद्यमान समस्याहरुलाई आगामी मौद्रिक नीतिमा समेट्न सात बुँदे सुझाव पेस गरेको छ।

नाडाले अटोमोवाइल क्षेत्र नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र भएकाले आगामी मौद्रिक नीति अटो सेक्टरमैत्री बनाउन  पनि नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो ।

अटोमोवाइल क्षेत्रमा  आर्थिक सुस्ततासँगै अटो क्षेत्रमैत्री  नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै संकटमा परिरहँदा समग्र अटोमोवाइल बजारमा ६८प्रतिशतको गिरावट देखिएको र यो क्षेत्रले अहिले १४ प्रतिशत मात्र कुल गार्हस्थ्य उत्पादन(जीडीपी) मा योगदान गरिरहेको उसको भनाइ छ । साथै नाडाले यसअघि भने जीडीपीमा अटो क्षेत्रको  २१ प्रतिशतसम्मको योगदान हुने गरेको दाबी गरेको  छ।

नाडाका अध्यक्ष करण चौधरीका अनुसार अहिले अटोमोवाइल मैत्री मौद्रिक नीतिको आवश्यकता छ । विद्युतीय सवारी साधनहरुमा नीतिगत स्तरमा भएको लचकता सराहनीय भएको तर अटोमोवाइल क्षेत्रले विद्युतीय सवारी साधनमात्र नभई समस्त अटो व्यवसायलाई जस्तै आईसीई भेइकल,पार्ट्स,लुब्रिकेन्ट्स र टायर इत्यादी क्षेत्रहरुलाई समेट्ने भएकाले सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता रहेको उनको भनाइ  छ।

नाडाले नेपाल राष्ट्र बैंक समक्ष प्रस्तुत गरेको सुझावहरु :

१. पेट्रोल र डिजेलबाट Hire Purchase लोन प्रबाह गर्ने प्रक्रियामा Loan to Value Ratio  ५०% बाट बढाएर ७५% मा पुर्‍याउनु पर्ने।

२.पेट्रोल,डिजेल र विद्युतिय शक्तिबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छुट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने   ।

३. चालू पूँजीकर्जा मार्गदर्शन २०७९ लागू भएपछि विभिन्न चरणमा नेपाल राष्ट्र बैंकले यसलाई सच्याउदै पनिआएको छ । तर पनि यसले अझै पनि व्यवसायीहरुलाई समस्यामा पारेको छ । यो लागु भएको मिति पछी कर्जा लिएकाहरुलाई मात्रै चालु पूँजीकर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने ।

४.कालो सूचीमा परेका व्यक्तीहरुले पनिअन्य बैकहरुबाट आफनो कारोवार गरिरहेको देखिएकोले कालो सूचीमा परेका व्यक्ति वा कम्पनीमाथीको कारवाही ज्यादै फितलो हुने गरेकोे देखिएकाले नेपाल राष्ट्र बैंकले यस नियमलाई कडाइका साथ  लागू गर्नु पर्ने ।

५. नेपाल राष्ट्र बैंकले पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने नीजिप्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने । त्यसैगरी, कुनै पनि क्षेत्रमा NPA ५५ भएमा बैंकलाई त्यो क्षेत्रमा फाइनान्स् गर्न मिल्दैन । व्यावसायीक महत्वका माइक्रो बस र नीजि प्रयोजनका कार एउटै क्षेत्र अन्तर्गत पर्ने हुदा धेरै बैंकहरुले डिजेल पेट्रोलबाट चल्ने नीजि कारलाई पनि फाइनान्स् गर्न बन्द गर्नुपर्ने ।

६.  घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने । अर्थात घर जग्गाखरिद प्रयोजनकालागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरणगरी चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनु पर्नेर

७. नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने नीजि र व्यावसायीक महत्वका सवारी साधनहरुलाई छट्याउनु पर्ने ।

The post नाडा अटोमोवाइल्स् एशोसिएशनले दियो मौद्रिक नीतिमा समेट्न सात बुँदे सुझाव first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री