
नागरिक समाजको आवश्यकता, काम र कर्तव्य
भक्त केसी,
नेपालको नागरिक समाजको आवश्यकता, काम र कर्तव्यले ठूलो महत्त्व राख्दछ। सकारात्मक परिणामहरूको निर्माणमा यो समाजको लागि महत्वपूर्ण भूमिका खेल्छ , जसले पहिचानको भावना, विचार आदान प्रदान गर्छ , एकताले गर्व र प्रोत्साहन दिन्छ। यसमा समर्पित विचार र उद्देश्यले राष्ट्रको समृद्धि र प्रगतिको मार्ग प्रशस्त गर्न सक्छ।
राजनीति भनेको विचार र दृष्टिकोण हो, समय समयमा भिन्न परिस्थितिमा परिवर्तन आउन सक्छ। यसले सबैलाई सन्देश दिन्छ कि कोही कसैको स्थायी शत्रुता हुँदैन, मित्रता पनि समय र स्थान अनुसार राजनीतिक लहर बदल्न सक्छ। तर, राष्ट्रभक्ति भनेको स्थायी हो, जसले देशको हित र नागरिकको भलाइका लागि कार्य गर्ने प्रेरणा दिन्छ। संस्कार र संस्कृति बिना कुनै देश अघि बढ्न सक्दैन, र त्यसैले राष्ट्रवादी दृष्टिकोण सबैको आवश्यकता छ।सन् २००७ साल देखि हालसम्म नेपालको राजनीति परिवर्तन हुँदै आएको छ र अहिले समयको माग नागरिकको चाहना हिन्दूराष्ट्र तथा राजसंस्था पुनर्स्थापना चाहने शक्तिहरूबीच बृहत् राष्ट्रिय मोर्चा निर्माण हो र बिभिन्न पार्टी वादको कार्यकाल प्रत्यक्ष अप्रत्यक्ष व्यक्तिगतरुपमा नागरिकले अनुभव गरेको कुरा छ। समाजका विभिन्न वर्गहरू — सेवानिवृत्त सैनिक, प्रहरी, निजामती कर्मचारी, शिक्षक, डाक्टर, इन्जिनियर, व्यापारी, वकिल, विद्यार्थी र नागरिक — सबैको सहभागिता र योगदानले मात्र सशक्त राष्ट्रको निर्माण सम्भव छ। हामी सबै मिलेर भ्रष्टाचार, अपराध र अहंकारका विरुद्ध खडा हुनुपर्ने समय आएको छ। यो कार्य राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको सन्तुलन बनाएर मात्र सम्भव छ ।
नेताहरू बीचको आपसी सहकार्य, विचार विमर्श र परामर्शले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धमा सुसंस्कृत निर्णय लिन मद्दत पुर्याउँछ। गलत निर्णयले राष्ट्रलाई पिरोल्न सक्छ, तर सधैं सुधार गर्दै जाने दृष्टिकोणले मात्र प्रगति सम्भव छ। नेताहरूले जनताको हित र राष्ट्रको भविष्यलाई सोच्दै कार्य गर्नु आवश्यक छ। तर त्रिकोण शक्ति , पक्ष ( प्रतिपक्ष दलको विपक्षी सज्जन नेता को सल्लाह पनि लिन चाहदैन। आन्तरिक सुधार र व्यवस्थापन, राष्ट्रिय सुरक्षा, र देशको संरक्षणका लागि कार्य गर्नु पर्ने छ। विदेश नीति र आन्तरिक राजनीति सँगसँगै चल्ने प्रक्रिया हो, जसले राष्ट्रको हितलाई प्राथमिकता दिन्छ। वर्तमान समयमा बाँच्ने र राष्ट्र बचाउने बेला हो।
समयको माग र परिस्थितिको सम्मान गर्दै हामीले सबैले मिलेर देशको भविष्यको लागि सही निर्णय लिनुपर्ने बेला आएको छ। कुनै एक पार्टी वा समूहको दृष्टिकोणभन्दा, राष्ट्रको हितमा काम गर्ने चाहनाले मात्र वास्तविक परिवर्तन ल्याउन सक्छ। नेपाललाई अन्तर्राष्ट्रिय राजनीति र राष्ट्रवादका सन्दर्भमा प्रभावशाली दृष्टिकोण अपनाउन र विश्वभर आफ्नो पहिचान सुदृढ बनाउन आवश्यकता छ। बिभिन्न पार्टी नयाँ पुरानो राजनीतिक शक्ति एक हौ। यी लेखकका नीजी बिचार हुन।