🎄 Holiday Season Special
नागरिक लगानी कोषले माग्यो ११ जना कर्मचारी
काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी माग गरेको छ । कोषले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।कोषले रिक्त रहेका विभिन्न चार पदका लागि ११ जना कर्मचारी माग गरेको सूचनामा उल्लेख छ । कोषले एक सूचना जारी गर्दै सहायक अधिकृतदेखि सहायक पदका लागि कर्मचारी माग गरेको हो ।
कोषले सहायक अधिकृत (प्रशासन) छैटौँ तहमा २ जना, सहायक कम्प्युटर अधिकृत (प्राविधिक) १ जना, वरिष्ठ सहायक (प्रशासन) १ जना र सहायक (प्रशासन) ७ जना गरी ११ जना कर्मचारी माग गरेको हो। इच्छुक वा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

