नागरिक बचाउ दल, नेपाल र प्रजातान्त्रिक पार्टी, नेपाल बीच मोर्चाबन्दी गर्ने प्रारम्भिक सहमति

0
13

 

१५ मंसिर,काठमाडौँ । नागरिक बचाउ दल, नेपाल र प्रजातान्त्रिक पार्टी, नेपाल बीच छिटोभन्दा छिटो कार्यगत एकता, सहकार्य र मोर्चाबन्दी गर्ने प्रारम्भिक सहमति भएको छ । दुवै दलले वर्तमान राष्ट्रिय परिस्थितिमा लोकतान्त्रिक, राष्ट्रवादी र जनमुखी शक्तिहरूलाई एउटै साझा एजेन्डामा उभ्याउनु अत्यावश्यक भएको निष्कर्ष निकालेका छन् ।

वार्ताको क्रममा न्युनतम साझा कार्यक्रम निर्माण गर्ने, राजनीतिक समन्वय बढाउने र दुवै दलका संरचनाबीच नियमित संवाद तथा संयुक्त क्रियाकलाप अघि बढाउने निर्णय समेत गरिएको वार्ता टोलीले जनाएको छ ।

यससँगै दुवै दलले देशभर सक्रिय राष्ट्रवादी संघ–संस्था तथा समविचारका राजनीतिक दलहरूसँग पनि आवश्यकतानुसार गठबन्धन र सहकार्य गर्ने औपचारिक निर्णय गरेका छन् ।

वार्ता समिति संयोजक श्री देबि प्रसाद सङ्रौला (नागरिक बचाउ दल, नेपाल) को संयोजनमा बसेको छलफलमा प्रजातान्त्रिक पार्टी, नेपालको तर्फबाट संयोजक रोहित पौडेल र डा. डीबी मोक्तान उपस्थित थिए । बैठक सकारात्मक वातावरणमा सम्पन्न भएको र कार्यगत एकताबारे छिट्टै निष्कर्षमा पुग्ने तयारी भइरहेको वार्ता पक्षले जनाएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here