
नर्भिक अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने
१६ बैशाख, काठमाडौं । पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी नर्भिक इन्टरनेशनल अस्पतालले सञ्चालन गर्ने भएको छ । अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।
यही वैशाख २० र २७ गते सञ्चालन हुने निःशुल्क ओपीडीमा जीआई ल्याप्रोस्कोपी तथा लेजर सर्जरीका सिनियर कन्सल्ट्यान्ट सर्जन डा प्रकाश चौधरी र कन्सल्ट्यान्ट युरोलोजिस्ट डा सुनील श्रेष्ठले सेवा दिनेछन् ।
बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुने ओपीडीमा निःशुल्क परामर्शका साथै स्क्रीनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
निःशुल्क ओपीडी सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्नसमेत अस्पतालले आग्रह गरेको छ ।