Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 197 | 07 Apr, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 197 | 07 Apr, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • जसले आज नै शंका गर्दछ भने उसले भोली उपलब्धी गर्दैन Breaking News
  • सुनको मूल्य बढ्यो Breaking News
  • मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो Breaking News
  • #makurijalaima #musicnepal #nepalisong Breaking News
  • जसपामा चर्कियो आन्तरिक विवाद Breaking News
  • Ambassador Khatri paid courtesy visit to Congressman Greg Landsman (D-OH, 1st District) Breaking News
  • आजदेखि नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन Breaking News

नर्भिकको सेवाको जर्मन पर्वतारोहीद्वारा प्रशंसा

Posted on February 27, 2023 By

काठमाडौं – केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन् ।

नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन सफल उनले स्वदेश फर्किएपछि त्यहाँको एउटा सञ्चारमाध्यममा आफ्नो अनुभव साट्दै नर्भिकको उपचार पद्धतिको मुक्तकण्ठले प्रशंसा गरेकी हुन् ।

सन् २०२२ नोभेम्बरमा मार्टिना कुस नेपालको तेश्रो पटकको भ्रमणमा आएकी थिइन् । यो पटकको उनको उद्देश्य थियो सगरमाथा आरोहणको । तर, ४००० मिटरको उचाईबाट अगाडि बढ्दै गर्दा उनलाई लेक लाग्यो । स्वास्थ्यमा अनपेक्षितका समस्या एकाएक देखिए । लुक्लाबाट अगाडि बढेको केही दिनपछि उनलाई गम्भीर स्वास्थ्य समस्या देखिएको थियो । मार्टिनाका अनुसार उनलाई पल्मोनरी एम्बोलिज्मको समस्या देखिएको थियो ।

उनले यसअघि पनि नेपालमा हिमालहरुको आरोहण गरिसकेको थिइन् । यसपटक सजिलै हिमाल चढ्ने उच्च आत्मविश्वाससहित आएकी मार्टिनालाई स्वास्थ्यले साथ दिएन । उनलाई हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत उद्धार गरी काठमाण्डौकै एउटा निजी अस्पतालमा उपचार गरिएको थियो ।

मार्टिनाले लेखेअनुसार त्यहाँ उनको स्वास्थ्य अवस्था झनै बिग्रियो । त्यसपछि चिकित्सक र टूर गाइडको सल्लाहअनुसार थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो ।

‘काठमाण्डौको त्यो सानो अस्पतालमा उपचार गरियो, तर, म लगातार कमजोर हुँदै गएँ, मेरो स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गयो । मलाई थप र थप पूरक अक्सिजन चाहिने भइसकेको थियो । सीटी स्क्यानले पल्मोनरी एम्बोलिज्मको समस्या रहेको पत्ता लगायो। डाक्टरहरूले मेरो फोक्सोमा पानी र रगत भेट्टाए। एम्बोलिज्म हुँदा रगत जम्छ र यदि त्यो रक्तनलीमा अड्कियो भने मृत्यु हुन सक्छ। निमोनिया पनि भयो ।’ उनले स्मरण गर्दै भनेकी छिन्–‘त्यो सानो अस्पतालले मलाई थप उपचारको लागि काठमाडौंको ठूलो नर्भिक अस्पतालमा सा¥यो। केही दिनपछि औषधि आयो र ज्वरो कम भयो । खान र पिउन मुश्किलले सक्ने भएँ ।’

उनले नर्भिकको उपचार–पद्दति, चिकित्सक तथा नर्सहरुको आत्मीय व्यवहार ‘अविश्वसनीय’ रहेको भनेकी छिन् । ‘नर्भिकका डाक्टरहरुद्वारा गरिएको चिकित्सा उपचार अविश्वसनीय थियो र नर्सिङ स्टाफको सहानुभूति र हेरचाह महान थियो। मेरो हेरचाह गर्न, मलाई सान्त्वना दिन र मलाई अँगालो हाल्न एक नर्स लगभग चौबीसै घण्टा त्यहाँ तैनाथ हुन्थिन् ।’ उनले भनेकी छिन्–‘बिरामी भएर बेडमा लडिरहँदा निराश थिएँ । तर, नर्भिकका डाक्टर र नर्सको मीठो व्यवहारले मेरो दिमागमा सकारात्मक सोंचको विकास हुन थाल्यो । आफ्नै घरमा बसेर उपचार गरिरहेको जस्तो लाग्न थाल्यो । अर्को शब्दमा भन्दा नर्भिकका डाक्टर र नर्स मेरा लागि भगवान बने ।’

उनी नर्भिक अस्पतालमा ४५ दिनसम्म बसेकी थिइन् । सो अवधिमा पूर्ण रुपमा ठीक भएपछि उनी जर्मनीका लागि उडेकी थिइन् । उनलाई लिन नेपालमा उनका भाई आएका थिए ।

हाल घरमै थप स्वास्थ्य लाभ गरिरहेकी मार्टिनाले फेरि पनि आफूलाई नेपाल भ्रमणमा जाने उत्कट इच्छा रहेको समेत सो क्रममा बताएकी छिन् ।

‘मसँग नेपाल र यात्राको सकारात्मक सम्झनाहरू छन्। म त्यहाँ चौथोपटक पक्कै जान्छु। मलाई अग्लो हिमाल चढ्नु पर्दैन ।’ उनले लेखेकी छिन्–‘नेपालमा हिमालयको बीचमा सजिलो पदयात्रा, सांस्कृतिक अनुभव वा विश्रामका लागि प्रभावशाली क्षेत्रहरू पनि छन्।’

 

 

काठमाडौं – केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन् । नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन सफल उनले स्वदेश फर्किएपछि त्यहाँको एउटा सञ्चारमाध्यममा आफ्नो अनुभव साट्दै नर्भिकको उपचार पद्धतिको मुक्तकण्ठले प्रशंसा गरेकी हुन् । सन् २०२२ नोभेम्बरमा 

 

Read More 

मुख्य खबर 

Health Post Nepal 

Breaking News

Post navigation

Previous Post: प्रारम्भिक यौवन: मोटोपनाको कारण समयअघि बढ्दै बच्चाहरू, रोकथामका उपाय
Next Post: #kinalayaujalimaya #nepalisong #musicnepal #shorts

Related Posts

  • विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानविन समितिको निष्कर्ष Breaking News
  • ई–सेवाको विशेष अफर Breaking News
  • जसपाले सबै मन्त्री फिर्ता बोलाउने, उपेन्द्र पक्षीय नेताहरुको बैठकले ग-यो यस्तो निर्णय Breaking News
  • गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका Breaking News
  • दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै Breaking News
  • Tihar Ko Subhakamana | Music Nepal Breaking News

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Profile and Interviews: Mere hote huye mere Bachcho ko kuchh nahi ho sakta😭♥️ #shorts #emotional #hearttouching #concept profile-and-interviews
  • कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिट्टै संघीय निजामती ऐन ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता Breaking News
  • #timrochheuchheuma #musicnepal #nepalisong #newsong Breaking News
  • द नेशनल डिजाइनर रन-वेको तयारी Breaking News
  • रेल्वे विधेयक राष्ट्रिय सभाबाट पारित Breaking News
  • Chiso Ashtray | Chapter 3 | New Nepali Movie Breaking News
  • KhabarBreaking.com: सुहाङ नेम्वाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ Breaking News
  • एमाले भित्रिन लागेका नेता कार्यकर्तालाई स्वागत गर्न ओली आज सिरहा जाँदै Breaking News
  • एमालेमा चर्चित उद्योगी मोतीलाल दुगडले पाए यति ठूलो जिम्मेवारी ! Breaking News
  • #Laajmitho #pramodkharel #anjupanta #nepalisong Breaking News
  • कस्ता पार्टी राष्ट्रिय दल बन्ने छन् ? Breaking News
  • मेलम्चीको पानी आजदेखि घर घरमा Breaking News
  • मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार Breaking News
  • एमालेका प्रभावशाली नेताले ठोकेरै भने- राष्ट्रिय राजनीतिमा आजै परिवर्तनको सम्भावना Breaking News
  • काठमाडौँमा स्मार्ट सिटीः काम सुरु नभई म्याद सकियो Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme