

नर्थन क्यालिफोर्निया बे-एरियाको नेपालि भाषा क्लासमा नयाँ प्रिन्सिपल
Americakhabar.com
California
नेपाली भाषा क्लासको नयाँ प्रिन्सिपलमा डा पुरूषोत्तम सिग्देल चयन हुनु भएको छ। नेपाली क्लासको फेसबुक पेजमा पोस्ट गर्दै यो जानकारी गरियको थियो ।

“आदरणीय अभिभावक तथा भाषा कक्षाका सुभेच्छुक महानुभावहरू, मिति अगष्ट २०, २०२३ मा बसेको संचालक समिति र नयाँ स्वयंसेवकहरूको बैठकबाट डा पुरूषोत्तम सिग्देल (@Purushottam Sigdel) लाई नयाँ प्रिन्सिपलको रूपमा चयन गरेको कुरा हजुरहरू समक्ष जानकारी गराउँदछौं। नयाँ प्रिन्सिपललाई हार्दिक स्वागत छ, उहाँको सफल नेतृत्वमा भाषा कक्षले उत्तरोत्तर प्रगति गर्दै जाओस् भन्ने हाम्रो कामना छ। यसै गरि भाषा कक्षालई सफल रूपमा अहिलेको अवस्थामा ल्याइपुर्याउन विषेश योगदान दिनुहुने निवर्तमान प्रिन्सिपल डा शम्भु धिमिरे (@शम्भु घिमिरे) लाई हार्दिक आभार व्यक्त गर्दछौं। जस्तोसुकै अफ्ठ्यारो बेलामा पनि, अझ कोभीडको माहामारीको बेलमा पनि हामीलाई आशाको त्यान्द्रो देखाएर संधै जूम कक्षाको धन्टी बजाउन आइपुग्नुहुने शम्भु सर संगका सुखद सम्झनाहरूले संधै हामीलाई मार्गदर्शन गरिरहने नै छ। फेरी पनि शम्भु सरलाई धन्यबाद दिंदै पुरू सरलाई स्वागत गरौं।
कक्षा शुरू हुने अगष्ट २७ आइतबार देखि, हरेक हप्ता बिहान १०:०० – ११:३० सम्म उही नेपाली भाषा को जूम मा।”
अमेरिका खबर डटकम नयाँ प्रिन्सिपलज्यु लाइ सफल कार्यकालको सुभकामना व्यक्त गर्दछ ।
https://www.facebook.com/purushottam.sigdel.9


नेपाली भाषा कक्षाको नयाँ सत्र २०२३ – २४ मा आफ्नो नानिबाबुहरूलाई यो गुगल फारमबाट दर्ता गर्ने व्यवस्था गरियको थियो । https://docs.google.com/forms/d/e/1FAIpQLSfocsa_-rgizMiqBIg8Qxv7PXUsVWjsXmqJ7l79KHBSZKir5Q/viewform?fbclid=IwAR1D0Q2ZlD1jE9Nch17YJZwO8HBk05MPjsg3WPk8CNWMj8LtsddQpLv9PRA
कक्षा हरेक आईतबार बिहान १० देखि ११:३० pacific time, यो साल अगष्ट २७ देखि शुरू भएको छ ।
नेपाली भाषा क्लासले बच्चाको क्लास निम्न सेक्सनमा गराउदै आयको छ ।
Level 1 – Beginner, under 6 years old
Level 2 – can partially read and write alphabets
Level 3 – fully read/write alphabets, numbers, make some words
Level 4 – understands complex words and make some sentences
Level 5 – make sentences and write paragraphs
यदि हजुरहरुपनि क्लासमा आफ्नो बच्चालाई क्लासमा पढाउन चाहनुहुन्छ भने, जुम मिटिङ्गको माध्यमबाट जोडिन सक्नु हुनेछ ।
आदरणीय अभिभावकहरू, नेपाली भाषा कक्षा २०२३-२४ को सत्र भोलि २०२३ अगष्ट २७ देखि शुरू हुन गइरहेको छ। कक्षा समय बिहान १०:०० देखि ११:३० सम्म, जुम ठेगाना: https://us06web.zoom.us/j/89219432672…
Meeting id:: 892 1943 2672
Password :: 510510