नयाँ बानेश्वरमा ‘ईनस्टाइल ब्युटि हब’ सन्चालनमा

काठमाडौं । नयाँ बानेश्वरमा ‘ईनस्टाइल ब्युटि हब’ सन्चालनमा आएको छ ।  अभिनेत्री रेखा थापाले सोमबार (१० मंसिर ) ईनस्टाइल ब्युटि हबको रिबन काटेर उद्घाटन गरिन् । सो अवसरमा  अभिनेत्री थापाले ईनस्टाइलले आफ्नो सेवामार्फत सेवाग्राहीको मन जित्न सफल होस् भन्दै शुभकामना दिइन् ।

साथै उनले आगामी दिनमा देशका थुप्रै स्थानमा शाखा खोल्न सफल रहोस् भन्दै सलोनको भ्रमण पनि गरिन् । ‘सुन्दरता सबैको लागि  आवश्यक कुरा हो । कतिपयले विवाह भइसकेपछि सुन्दरता हराउँछ भन्छन् तर म त्यो कुरा मान्दिन । विवाह पश्चात सुन्दरता झन् राम्रो भएर आउँछ जस्तो लाग्छ’ ,अभिनेत्री थापाले भनिन्, ‘बिशेषगरी मेकअप अथवा श्रृंगारले आत्मवल बढाउँछ, थप उर्जा दिन्छ । त्यसैले यो सबैका लागी आवश्यक छ ।’ उनले आगामी दिनमा देशका थुप्रै स्थानमा शाखा खोल्न सफल रहोस् भन्ने शुभकामना दिएकी थिइन् ।

उद्घाटनमा समारोहमा ईनस्टाइल ब्युटि हबकी सन्चालिका लक्ष्मी तामाङले आफ्नो दुबईको डेढ दशकको अनुभवलाई नेपालमा उपयोग गरेको बताइन् । उनले नेपालका धेरै ब्युटि सलोनमा नभएका सेवा आफ्नोमा रहने पनि दाबी गरिन् ।

ईनस्टाइलका निर्देशकद्धय इन्द्र तामाङ र राज कार्कीले आफूहरुले दिने सेवालाई थप बलियो बनाउँदै लैजाने जानकारी दिए । कार्यक्रममा मिसेस् नेपाल वल्र्ड २०२४ का बिजेताहरुको पनि उपस्थिती थियो । मिसेस् नेपाल वल्र्ड २०२४ डेनिला कार्की, मिसेस नेपाल इन्टरनेशनल २०२४ सुयसा राउत, एम.एस नेपाल इन्टरनेशनल रेश्मा घिमिरेले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा बैदेशीक रोजगार बोर्डका प्रबन्ध निर्देशक, माला ब्युटि एसिसोर एसोसिएसन नेपालको अध्यक्ष बिमला रिजालसँगै कलाकारहरु गजित बिष्ट, सौगात बिष्ट, सुरज चापागाईं, सुबोध गौतम, सितल शर्मा, स्वानिका बास्तोला, उमेश बराल लगायतको उपस्थिती थियो ।

FB IMG 1732598976747 AMERICA KHABAR November 26, 2024

The post नयाँ बानेश्वरमा ‘ईनस्टाइल ब्युटि हब’ सन्चालनमा first appeared on Khabar Breaking.

  • Related Posts

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    २१ मंसिर , काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज बिहान काठमाडौं आइपुगेका छन् । निजी भ्रमणको सिलसिलामा यहाँ आएका उनले काठमाडौंमा  स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र…

    Read more

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    २१ मंसिर , काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २९औँ साधारणसभा तथा अधिवेशन शुरु भएको छ। मंसिर २० र २१ गते हुने यस अधिवेशनको सन्दर्भमा पूँजीबजार लगायत समग्र अर्थतन्त्र…

    Read more

    Leave a Reply

    You Missed

    भुटानका राजाले गरे स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

    • By
    • December 6, 2024
    • 7 views

    स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अधिवेशन; नयाँ नेतृत्व चयन हुँदै

    • By
    • December 6, 2024
    • 7 views

    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    • By
    • December 5, 2024
    • 7 views
    मनिषालाई ‘हीरामण्डी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड

    शिक्षा समितिको बैठक आज बस्दैँ

    • By
    • December 5, 2024
    • 7 views

    प्राइम कमर्सियल बैंकको ५% लाभांश सत्रौं साधारणसभाबाट पारित

    • By
    • December 5, 2024
    • 7 views

    Profile and Interviews: Ganpati Bappa Morya 🥹❤️🙏 #ganpatibappamorya #ganeshchaturti #bappa #balganesh #trending