नबिल बैंकको सामाजिक उद्यमशीलताको कार्यक्रमबाट १२ सय जनालाई रोजगारी

२५ मंसिर ,काठमाडौं । नबिल बैंकको  सामाजिक उद्यमशीलताको कार्यक्रम   “नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप”बाट १ हजार २ सय जनाले रोजगारी पाएका छन् । बैकले सन् २०२१ देखि बैंकले सामाजिक उद्यमशीलताको कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।

सामाजिक उत्तरदायित्व बहनमा अब्बल रहँदै आएको बैंकले प्रत्येक समुहमा २० जना इन्टरप्रेनरसिपलाई अवसर दिदै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा थालिएको यस कार्यक्रमबाट ५६ जना नव उद्यमी भएका छन् भने यी उद्योमीहरुले १ हजार २ सयलाई रोजगारी दिएका हुन् । नव उद्यमीहरुले उत्पादन गरेको सामाग्रीको उत्पादनदेखी बजारीकरणसम्म बैंकले सहयोग गर्दै आइरहेको छ । यो कोर्ष ६ महिनाको रहेको छ ।

एक पटकमा नवीनतम सोच भएका २० जना युवाहरुलाई यस कार्यक्रममा सहभागी गराइएको छ । बैंकले ४ औं ब्याचको कार्यक्रमका लागि गत साउनमा आवेदन खुल्ला गरेको थियो । बैंकले कृषि, पर्यटन र ऊर्जा लगायतका क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निःशुल्क तालिम दिइरहेको छ ।

nabil bank 4 768x512 1 AMERICA KHABAR December 10, 2024

नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्ने यो कार्यक्रममा सहभागीहरु विभिन्न कार्यक्रममा सहभागी रहेका थिए ।

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले फेलोसिप २०७८ बाट सुरु भएको बताए । उनले भने, ‘हालसम्म ३ वटा व्याचको फेलोसिप सकिएको छ । जसबाट १ हजार २ सयले प्रत्यक्ष रोजगारी पाएका छन् ।’

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले दिगो बैंकिङको लक्ष्यअनुसार फेलोसिप गरिएको बताए । ‘बैंकको काम पैसा राख्ने र झिक्ने मात्रै भनेर बुझाइ रहेको बेला नबिले सिप सिकाएर रोजगारी सिर्जना गरेको छ । बैंकले स्वदेशमा मात्रै होइन अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ’, उनले भने, ‘उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालीन समाधान गर्ने उद्देश्यले साथ कार्यक्रम सुरुवात गरेको हो ।’

 

The post नबिल बैंकको सामाजिक उद्यमशीलताको कार्यक्रमबाट १२ सय जनालाई रोजगारी first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री