नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

२४ भदौ , काठमाडौं । नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा ४ जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई सोही नगरपालिका-४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा अर्जुनधारा नगरपालिका-८ घर भई ललितपुर ईमाडोल बस्ने ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभा खाँदवारी नगरपालिका-९ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका(५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन्।

इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि एसईई र प्रवीणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाई पेस गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमेरिकी राजदुतावाससँगको समन्वयमा उनीहरूलाई राजदूतावास नजिकबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ । न्युज अफ नेपालवाट

The post नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ first appeared on Khabar Breaking.

  • Related Posts

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    २५ असोज, काठमाडौं । बडादसैँका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नु भएको छ । हरेक वर्ष नेपाल प्रहरीले मौलो पूजा गर्दै आएको छ ।…

    Read more

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    २५ असोज, काठमाडौं । हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (बडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा सुरु…

    Read more

    Leave a Reply

    You Missed

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 13 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 13 views

    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    • By
    • October 10, 2024
    • 10 views
    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    Post Title

    • By
    • October 10, 2024
    • 7 views

    मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

    • By
    • October 10, 2024
    • 13 views

    उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगको गठन  

    • By
    • October 9, 2024
    • 15 views